पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

खरीबोट

फाइल तस्विर । 

चितवन / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन  । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताए । 

पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिँदै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए । पार्टी व्यवस्थापनभन्दा पनि अहिले जेनतेन चलिरहेको बताउँदै उहाँले अब कसरी चल्छ हेर्दै जाने उल्लेख गरे । 

मंगलबारदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उनीहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलले बताए । सभापतिहरुले प्रदेशहरुमा छलफल गरी पार्टीको विधान, संगठन, निर्वाचनको मूल्याङ्कन गर्दै आ–आफ्ना धारणा राख्ने र यसले पार्टीलाई भविश्यमा कसरी सुदृढ बनाउने भन्ने विषयमा सहयोग पुग्ने उनको भनाइ थियो । 

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको प्रमाणित गराएको बताए । उनले भने, “पार्टीलाई सुधार्नु प¥यो, संस्थागतरुपमा चलाउनुप¥यो, नियमसंगतरुपमा पार्टी अगाडि बढ्नुप¥यो ।” कार्यकर्ताको भावनाअनुसार पार्टी नचलेको भन्दै उनले अब पार्टीलाई संस्थागतरुपमा चलाउनुपर्नेमा जोड दिएका हुन्  । 

नेतृत्वको कमजोरीका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको उनको भनाइ थियो । हेटौँडामा हुने सभापतिको भेलामा सहभागी हुन पौडेल र सिंह आज चितवन आएका हुन्  । 

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण नगर्न परमादेश

काठमाडौँ ।  सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माणसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन फैसला जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले सो क्षेत्रभित्र

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

भरतपुर । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग

क्यान्सर अस्पतालको भरमा चितवनका १५० होटल संचालन

चितवन । एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा

धुर्मुस सुन्तलीको चितवनमा भव्य स्वागत, र्यालीका साथ निर्माणस्थल पुर्याइयो 

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ ।  भरतपुर विमानस्थलबाट बाजागाजासहित


z