प्रदेश नं ७ मा बजेट माथि छलफल

खरीबोट

फाइल तस्विर । 

धनगढी / प्रदेश नं ७ को सरकारद्वारा आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइएको राजश्व र व्ययको अनुमानित विवरण माथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ । 

छलफलमा भाग लिदै राजपाका कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन नभएको गुनासो गर्दै बजेट कार्यकर्तामुखी र सत्तामुखी रहेको टिप्पणी गरे । उनले कैलालीको पथरैया नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिन प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग आग्रह गर्ने क्रममा आफूलाई रेशम (रेशमलाल चौधरी)को पार्टीको मान्छे भनेर दुव्र्यवहार गरिएको अरोप पनि लगाए । 

नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले निश्चित लक्ष्य प्राप्तिका लागि बजेट तथा नीति कार्यक्रम ल्याउने गरिए पनि यो बजेट लक्ष्यहीन र गन्तव्यहीनजस्तो देखिएको टिप्पणी गरे । विभिन्न शीर्षक राखेर बजेटलाई आकर्षक बनाउन खोजिए पनि प्रदेशको समृद्धि र विकासका लागि ठोस योजना नल्याई अनावश्यकरुपमा प्रशासनिक खर्च र भैपरी आउने खर्चमा बढी बजेट छु्ट्याएको उनको आरोप थियो । 

सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले लक्षित उद्देश्य पूरा गर्न बजेट ल्याइएकाले कार्यान्वयन तहमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आव २०७५÷७६का लागि ल्याइएको बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका  थिए । 

प्रदेशसभाको अर्को बैठक यही असार ७ गते बिहान ८ बजे बस्नेछ । 
 

सम्बन्धित समाचार

सिटिजन्स बैंकको प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख

एक साता पछि सर्यो धनगढी प्रिमियर लिग

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मिति एकसाता पछि सरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल र यूएइबीच एक

धनगढी विमानस्थलमा दिउँसोको उडान बन्द

धनगढी । धावनमार्ग मर्मतका लागि आजदेखि पुस १७ गतेसम्म धनगढी विमानस्थलमा दिउँसोको हवाई उडान तथा अवतरण बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको धनगढी शाखाका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्ग

धनगढी क्षेत्रीय शहरी विकास आयोजना अन्योलमा

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा कार्यान्वयनमा आउने भनिएको क्षेत्रीय शहरी विकास आयोजनाको काम अघि बढाउन अन्योलता देखिएको छ । क्षेत्रीय शहरी विकास अयोजना र धनगढी उपमहानगरपालिकाबीच आयोजना कार्यान्वय गर्ने विषयमा भएको


z