नेप्सेमा एक दसमलव ९२ अंकले सुधार, १५४ कम्पनीहरुको झण्डै २० करोडको सेयर किनबेच

खरीबोट
ad

काठमाडौ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से सामान्य अंकले बढेको छ । नेप्से एक दसमलव ९२ अंकले बढेर १२ सय ३५ दसमलव १५ बिन्दुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव ४२ अंकले बढेर दुई सय ५९ दसमलव १३ बिन्दुमा चढेको छ । 

कुल एक सय ५४ वटा कम्पनीहरुको तीन हजार छ सय २६ वटा कारोवारमा चार लाख ९३ हजार नौ सय १३ कित्ता सयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १९ करोड ९१ लाख १३ हजार नौ सय ५६ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेर चार वटाको घटेको छ । बाँणिज्य बैक समुहको सुचक शुन्य दसमलव ५४ अंकले घटेर एक हजार ४१ दसमलव १६ बिन्दुमा झरेकोमा आठ करोड १९ लाख ८७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहका सुचक पनि एक दसमलव २७ अंकले घटेर १४ सय ४० दसमलव ४२ बिन्दुमा झरेकोमा ८० लाख ४१ हजार पाँच सय ३० रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स र उत्पादनमुलक समुहको सुचकमा पनि आज गिरावट आएको छ । 

आज बीमा समुहको सुचक भने २२ दसमलव ५२ अंकले बढेर छ हजार तीन सय तीन दसमलव १४ बिन्दुमा चढेकोमा तीन करोड ८५ लाख ९१ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक पनि नौ अंकले बढेर १५ सय ३३ दसमलव ४५ बिन्दुमा चढेकोमा ७० लाख ९९ हजार आठ सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । यि बाहेक लघुबित्त, होटल र अन्य समुहका कारोवार सुचकमा पनि आज सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा समता माईक्रो फाईनान्स प्रतिकित्ता सेयर मुल्य नौ  रुपैयाँ ९७ पैसाले बढेर १९ सय ६३ रुपैयाँमा सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ७१ पैसाले घटेर दुई सय ८८ रुपैयाँमा कारोवार भएको छ । कारोवार रकमका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता दुई सय ९८ रुपैयाँमा एक करोड ३४ लाख ३६ हजार ५७ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित समाचार

नेप्सेको दोहोरो अंकको बृद्धि, तीन वटा समुहले गुमाउँदा सात वटाले कमाए

काठमाडौ। साताको अन्तिम दिन आज बिहिबार पनि नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । आज नेप्से १४ दसमलव १३ अंकले बढेर १२ सय ४४ दसमलव ८४ बिन्दुुमा चढ्दा सेन्सिटिभ तीन

नेप्सेमा १३ दसमलव छ अंकले बृृद्धि, ४३ करोडभन्दा बढीको सेयर किनबेच

काठमाडौं। साताको चौंथो कारोवार दिन बुुधबार सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ । आज बुुधबार नेप्से सुचक १३ दसमलव छ अंकले बढेर १२ सय ३० दसमलव ७१ बिन्दुुमा चढ्दा

नेप्सेमा चार दसमलव ३६ अंकले गिरावट, कारोवार रकम भने बढेर ७९ करोड रुपैयाँ पुुग्यो  

काठमाडौं। साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्सेमा गिरावट आएपनि कारोवार रकममा भने सुधार आएको छ । नेप्से चार दसमलव ३६ अंकले घटेर १२ सय २९ दसमलव ७७ बिन्दुुमा झर्दा

नेप्सेमा झण्डै चार अंकको बृद्धि, छ वटा समुहले कमाउँदा चार समुहले गुुमाए

काठमाडौं। सेयर बजारमा आज पनि सुधार आएको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से तीन दसमलव ९८ अंकले बढेर १२ सय १० दसमलव २४ बिन्दुुमा चढ्दा सेन्सिटिभ शुन्य