• २०८१ बैशाख ५ बुधबार

नेप्सेमा एक दसमलव ९२ अंकले सुधार, १५४ कम्पनीहरुको झण्डै २० करोडको सेयर किनबेच

kharibot

काठमाडौ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से सामान्य अंकले बढेको छ । नेप्से एक दसमलव ९२ अंकले बढेर १२ सय ३५ दसमलव १५ बिन्दुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव ४२ अंकले बढेर दुई सय ५९ दसमलव १३ बिन्दुमा चढेको छ । 

कुल एक सय ५४ वटा कम्पनीहरुको तीन हजार छ सय २६ वटा कारोवारमा चार लाख ९३ हजार नौ सय १३ कित्ता सयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १९ करोड ९१ लाख १३ हजार नौ सय ५६ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेर चार वटाको घटेको छ । बाँणिज्य बैक समुहको सुचक शुन्य दसमलव ५४ अंकले घटेर एक हजार ४१ दसमलव १६ बिन्दुमा झरेकोमा आठ करोड १९ लाख ८७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहका सुचक पनि एक दसमलव २७ अंकले घटेर १४ सय ४० दसमलव ४२ बिन्दुमा झरेकोमा ८० लाख ४१ हजार पाँच सय ३० रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स र उत्पादनमुलक समुहको सुचकमा पनि आज गिरावट आएको छ । 

आज बीमा समुहको सुचक भने २२ दसमलव ५२ अंकले बढेर छ हजार तीन सय तीन दसमलव १४ बिन्दुमा चढेकोमा तीन करोड ८५ लाख ९१ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक पनि नौ अंकले बढेर १५ सय ३३ दसमलव ४५ बिन्दुमा चढेकोमा ७० लाख ९९ हजार आठ सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । यि बाहेक लघुबित्त, होटल र अन्य समुहका कारोवार सुचकमा पनि आज सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा समता माईक्रो फाईनान्स प्रतिकित्ता सेयर मुल्य नौ  रुपैयाँ ९७ पैसाले बढेर १९ सय ६३ रुपैयाँमा सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ७१ पैसाले घटेर दुई सय ८८ रुपैयाँमा कारोवार भएको छ । कारोवार रकमका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता दुई सय ९८ रुपैयाँमा एक करोड ३४ लाख ३६ हजार ५७ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै