• २०८१ बैशाख ७ शुक्रबार

चीन भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा संसदलाई जानकारी 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । सोमबार संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारपूर्णरुपमा सुशासन र विकासमा केन्द्रित हुने बताएका छन् ।

संघियता नेपालको लागि नयाँ अभ्यास भएको भन्दै नयाँ अभ्यास गर्दा केहि गल्ति भए त्यसलाई आगामी दिनमा सच्याइने बताए । सरकार समय खेर फाल्ने अवस्थामा नरहेको भन्दै तीन बर्षभित्रबाट हामिलाई अतिकम विकसित मुलुकबाट माथि आउनु रहेको र १२ बर्षभित्र दिगो विकासका लक्ष्य हासिल गर्ने पर्ने भएको बताए ।

सरकारले ६० देखि ८० लाख सम्म गरिबीको रेखामुनी रहेका जनतालाई यसबाट निकाल्न सरकार केन्द्रित रहेको भन्दै उपलब्ध साधन र स्रोतलाई परिचालन गरिरहेको बताए । 

तराइको डुबानको समस्यालाई समधान गर्न अर्को सातादेखि संयुक्त टोली तराई जान लागेको भन्दै प्रधानमन्त्री ओलीले जुलाई १५ देखि सुगौली सन्धिको पुनरावलोकन गर्न बैठक बस्न लागेको बताए । हवाई रुट चार ठाउका लागि समझदारी भारतसँग बनिसकेको भन्दै पानी जहाज ल्याउन सकिने स्थानबारे सर्वे भैरहेको बताउदै रेल्वे विस्तारका लागि भारतको टोली अहिले काठमाडौँ आएको उनले बताए ।

मोदीको नेपाल भ्रमणमा भारतीय सुरक्षाकर्मि आएको बारेमा प्रधानमन्त्री ओलीले हामि भारत जाँदा पनि पोशाकमै सुरक्षाकर्मि लाने गरेको भन्दै यो सामान्य कुरा रहेको बताए ।

मंगलबार देखि चीन भ्रमणमा जान लागेको जानकारी दिदै प्रधानमन्त्रीले चीनसँग कुनै समस्या रहित सम्बन्ध रहेको भन्दै आफु विकसित नहुदा पनि चीनले नेपाललाई सहयोग गरेको चर्चा गरेका थिए ।

चीन भ्रमणका क्रममा चीन सम्बन्ध अझै प्रगाढ बनाउन आफले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो यस अघिको चीन भ्रमणका क्रममा दुरगामी महत्व राख्ने केहि सम्झौता गरेको भन्दै प्रधानमन्त्री ओलीले यस पटकको आफ्नो भ्रमणका क्रममा ति सम्झौताका बारेमा थप छलफल गर्ने र हाम्रा प्राथमिकताका बारेमा जानकारी गराउने बताए ।

हाम्रो प्रमुख प्राथमिकता विकास नै रहेको भन्दै त्यसमा चीनले कसरी सहयोग गर्न सक्छ भन्ने बारे छलफल गर्ने बताए ।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपीङ र चिनियाँ प्रधानमन्त्रीसँग भेट गर्ने भन्दै सो भेटमा दुई पक्षिय हितका बारेमा छलफल हुने प्रधानमन्त्री ओलीले बताए ।

चीनसँगको ब्यापार घाटा, जलविद्युत, सडक, रेल्वे, पर्यटन विस्तार, पुनर्निर्माणका विषयमा दुई पक्षिय सम्झौता हुने पनि प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले एक चीन नीतिको पक्षमा नेपाल दृढ रहेको भन्दै छिमेकी मुलकका चासोलाई आफुले सुन्ने बताएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै