• २०८१ बैशाख ७ शुक्रबार

त्रिवि भुगोल संकायमा ३२ बर्ष अध्यापन गराएका प्रा.डा.खनालको बिदाई

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविध्यालय भुगोल संकायले आइतबार बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

एक विशेष कार्यक्रम गर्दै भुगोल विद्यार्थी समाजले बिगत ३२ बर्ष देखि विश्वविद्धालयमा अध्यापन गराउँदै आएका भुगोल विभागका विभागीय प्रमुख प्रा. डा.नरेन्द्रराज खनालको बिदाई गरेको हो । 

२०४३ सालदेखी त्रिभुवन विश्वविद्धालयमा आफ्नो प्रध्यापनको सुरुवात गर्नु आएका खनालले आज ६३ बर्षे उमेर हदका कारण अवकास पाएका हुन । विश्वविद्धालयमा ६३ बर्ष मा अनिवार्य अवकास पाउने प्रब्धान रहेको छ । 

कार्यक्रमलाई सम्धवोन गर्दै प्रमुख अतिथी सुवेदीले भुगोल संकायको गुम्दै गरेको प्रतिस्ठा उकास्न खनालले महत्वपूर्ण भुमिका निर्बाह गरेको बताए । उनले भुगोल विद्यार्थी समाजले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै धन्यवाद दिएका थिए।

यस्तै बिदाई भएका विभागिय प्रमुख प्रा। डा। खनालले आजबाट आफ्नो कानुनी सम्बन्ध सकिए पनि भुगोल केन्द्रीय बिभाग र विश्वविद्धालय सँगको आत्मिक सम्बन्ध सधैँ रहिरहने बताए । उनले अब आफू विभिन्न अनुसन्धात्मक कार्यमा लाग्दै आफ्नो सीप र अनुभव रास्ट्र हितमा समर्पण गर्ने बताए ।

बिदाई कार्यक्रममा केन्द्रिय भुगोल बिभागका सम्पुर्ण प्राध्यापकहरु, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त अबसरमा समाजले उनलाई मायाको चिनो उपहार दिएको थियो भने बिभागको हाताभित्र सम्झना स्वरुप रुद्राक्षको रुख समेत रोपिएको भुगोल विद्यार्थी समाजको सचिब विशाल ज्ञावालिले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै