• २०८१ बैशाख ६ बिहीबार

पीस कोर स्वयंसेवकको २०५औँ समूहद्वारा शपथ ग्रहण

kharibot

काठमाडौँ । कार्यवाहक अमेरिकी राजदूत पिटर ए. मालनाक तथा पीसकोरका नेपाल निर्देशक शेरिल रस्सेलबाट पैँतीस पीसकोर स्वयंसेवकहरूले शपथ ग्रहण गरेका छन् । 

नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुपूर्व उनीहरूले शपथ लिएका हुन् । यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा आई सेवा पुर्यारइसकेका ३,८०० भन्दा बढी स्वयंसेवक र विश्वयभरका अन्य ६५ देशमा सेवारत ७,२०० भन्दा बढी पीसकोर स्वयंसेवकहरूको सूचीमा सामेल भएका छन् । सन् २०१२ मा पीसकोर कार्यक्रम पुन: सञ्चाुलन भएपछि नेपाल आउने स्वयंसेवकहरूको यो सातौँ समूह हो ।

‘पीसकोर र नेपालबीचको लामो समयदेखिको सम्बन्ध हाम्रा दुई राष्ट्रबीचको सहकार्यको कुशल उदाहरण हो,’ कार्यवाहक राजदूत मालनाकले भने । “यी प्रशिक्षार्थीहरूले ३,८०० भन्दा बढी पूर्व स्वयंसेवकका पदचिह्नलाई पछ्याउनेछन् । उनीहरू सेवा गर्न चाहन्छन् र त्यस उद्देश्यका लागि उनीहरूले नेपाललाई रोजेका छन् । उनीहरूले आफ्नो देश मात्र होइन नेपाली जनताको पनि सेवा गर्नेछन् ।”

अप्रिल २०१८ मा नेपाल आइपुगेका पैँतीस जना पीसकोर स्वयंसेवकहरूले आफ्नो सेवाको तयारीका लागि काभ्रे जिल्लामा एघाह्र हप्तेख सघन भाषिक, अन्तरसांस्कृतिक तथा प्राविधिक तालिम पूरा गरेका छन् । 

खाद्य तथा पोषण सुरक्षासम्बन्धी परियोजनाहरूमा काम गर्नका लागि यी स्वयंसेवकहरूलाई तीन प्रदेशका सात जिल्लामा खटाइएको छ । उनीहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा काम गर्नेछन् र उक्त क्षेत्रमा नेपाल सरकारको प्राथमिकतामा रहेका खाद्य तथा पोषण सुरक्षासम्बन्धी कार्यक्रमलाई सहयोग गर्नेछन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै