• २०८१ बैशाख ७ शुक्रबार

ब्राजिली मिडियाद्वारा नेइमारको आलोचना, भने -‘हेयर स्टाइल १० खेल शुन्य’

kharibot

काठमाडौँ । ब्राजिलको गएराती स्विटजरल्याण्डसँगको प्रदर्शन पछि ब्राजिलका मिडियाले स्टार खेलाडी नेइमारको कडा आलोचना गरेका छन् ।

स्विटजरल्याण्डसँग १-१ को बराबरी खेलेको ब्राजिल टिमलाई आफ्नो देशको मिडियाले कडा आलोचना गरेका हुन् । 

दैनिक पत्रिकाका पहिलो पेजमा नेइमारको कपालको स्टाइलको तारिफ गर्दै उनको खेलको आलोचना गरेका छन् । एक्स्ट्रा पत्रिकाले पहिलो पेजमा नेइमार लडेको फोटो राख्दै हेयर स्टाइल १० फुटबल जिरो हेडिङ दिएको छ । त्यस्तै अन्य मिडियाले नेइमार नयाँ हेयरकटमा आए पनि राम्रो खेल्न नसकेको भन्दै आलोचना गरेका छन् ।

अर्को पत्रिका कोरिओ डो पोभोले ब्राजिलले जजको बारेमा सिकायत गर्दै छ भन्दै नेइमारले स्विस खेलाडीको बारे रेफ्रीसँग कुरा गर्दै गरेको तस्बिर राखेको छ । त्यस्तै डेली स्पोट्सले टिमको प्रदर्शन डिस्टर्बिङ रहेको उल्लेख गरेको छ ।

नेइमार यस खेलमा १९९८ को विश्वकप पछि धेरै फाउल पाउने खेलाडी बनेका छन् । उनलाई खेल्भरी १० पटक लडाइएको थियो । यस अघि १९९८ को विश्वकपमा ट्युनिसियाका एलन शिअरेरलाई ११ पटक लडाइएको थियो । ब्राजिलका खेलाडीको कुरा गर्दा १९६६ को खेल पछि कुनै पनि ब्राजिलका खेलाडीलाई धेरै पटक लडाइएको यो पहिलो पटक हो ।

ब्राजिलले आगामी शुक्रबार समुह चरणको अर्को खेलमा कोष्टारिकाको सामना गर्दै छ । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै