नीलो स्टिकर भएको ट्याङ्करको पानी मात्र पिउनयोग्य

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । 

उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले राससलाई जानकारी दिनुभयो । वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्याङ्करको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन बोर्डले आह्वान गरेको छ । 

ट्याङ्करको पानीको गुणस्तरीयता जाँच र मूल्य निर्धारणका लागि बोर्डको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो । समिति सदस्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि सदस्य छन् । समिति गठन भएपछि ५५१ टयांकरलाई स्टिकर बाँडिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताए । 

घरायसी प्रयोजन अर्थात् नुहाउन र कपडा धुन मात्र प्रयोग गर्न सकिने पानी बोक्ने ट्याङ्करलाई हरियो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ४८७ छ । निर्माण र बगैँचामा सिँचाइका लागि मात्र प्रयोग गर्न सकिने पानीको ट्याङ्करलाई पहेँलो स्टिकर दिइएको छ । यस्ता ट्याङ्कर ५० रहेको बोर्डले जनाएको छ । 

वर्षात्मा पानीकै कारण विभिन्न सरुवा रोगको प्रकोप बढ्ने भएकाले बोर्डले दिएको स्टिकरको रङ हेरेर मात्र पानीको उपभोग गर्न बोर्डले अनुरोध गरेको छ । ट्याङ्करको पानीसम्बन्धी विस्तृत जानकारीका लागि बोर्डको मोबाइल एप्स ‘काठमाडौँ भ्याली इन्फरमेसन सिस्टम’ डाउनलोड गरी थप जानकारी लिने सकिने जनाइएको छ । 

सम्बन्धित समाचार

पाँचथरको सुख्खाग्रस्त क्षेत्रमा खानेपानी सुविधाका लागि एक अर्ब लगानी

पाँचथर । नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका

राष्ट्रिय सभा बैठक : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजना सम्बन्धि चासो देखाउदै बाँकी काम अगाडि बढाउन माग गरेका छन्।  नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन शिक्षा, विज्ञान तथा

मेलम्ची निर्माण कम्पनीप्रति विश्वासको वातावरण छैन - खानेपानीमन्त्री बीना मगर

काठमाडौं। खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँग कुनै दुविधा नभए पनि कम्पनीप्रति विश्वास गर्ने वातावरण नरहेको बताएकी छन् ।     खानेपानी

मेलम्ची खानेपानी आयोजनाका समस्या संयतापूर्वक समाधान गरिँदै

काठमाडौँ। सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील रहेको जनाएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्न विभिन्न विकल्पमा


z