• २०८१ बैशाख ५ बुधबार

भिडियो रेफरलले स्विडेनलाई जितायो, दक्षिण कोरिया १-० ले पराजित 

kharibot

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समुह एफको स्विडेनले दक्षिण कोरियालाई पराजित गरेको छ । सोमबार भएको खेलमा स्विडेनले दक्षिण कोरीयालाई १-० गोल अन्तरले पराजित गरेको हो । 

पहिलो हाफ बिना कुनै गोल बराबरी भएको खेलमा खेलको ६५औ मिनेटमा स्विडेनले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भएको थियो । रेफ्री पेनाल्टीका लागि कन्भिन्स नभएपछि भिडियो रिफरलको मद्दत लिदै स्विडेनलाई पेनाल्टी दिने निर्णय गरेका थिए । 

स्विडेनका लागि कप्तान अन्द्रेयस ग्रानक्यूभिस्टले पेनाल्टीलाई गोलमा परिणत गर्दै स्विडेनलाई जित दिलाएका थिए ।

स्विडेनको यो जितसँगै ३ महत्वपूर्ण अंक हासिल गर्दै समुह एफमा शिर्ष स्थानमा रहेको छ । यस समुहमा मेक्सिकोले जर्मनीअली हराउदै ३ अंक हासिल गर्न सफल भएको थियो । जर्मनी र दक्षिण कोरिया भने पहिलो खेलबाट अंक विहिन बनेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै