मन्त्रिपरिषदद्वारा उच्चस्तरीय शिक्षा आयोग पुनःगठन

खरीबोट

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन गरेको छ । 

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २१ सदस्यीय आयोग पुनःगठन गरेको हो ।

अघिल्लो सरकारले गत भदौ १९ गते प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको समग्र नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयन तहसम्मको अध्ययन तथा विश्लेषण गरी सुझाव दिन तत्कालीन उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय आयोग गठन गरेको थियो । 

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक, संघीय संसद्का महासचिव, राष्ट्रियसभाका सचिव र प्रतिनिधिसभाका सचिवको सेवा शर्त तथा पारिश्रमिकसम्बन्धी विधेयक तथा राष्ट्रियसभा निर्वाचन गर्न बनेको विधेयकलाई बैठकले सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए । 

बैठकले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पुरातत्व विभागको दरबन्दी कटौती गरेको छ । 

सम्बन्धित समाचार

मन्त्रिपरिषद बैठक : रेल किन्ने प्रक्रिया अगाडी बढ्यो 

काठमाडौँ । सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको

पानी जहाज कार्यालय खोल्ने सरकारको निर्णय 

काठमाडौं । सरकारले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका

सरकारले तोक्यो नयाँ मर्यादाक्रम (सुची सहित)

काठमाडौँ । सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले टुङ्गो लगाएपछि मर्यादाक्रमको सूची सरकारले सार्वजनिक गरेको हो। गत वर्ष माघ १५ मा राष्ट्रिय

मन्त्रिपरिषद्को बैठकका निर्णय : मर्यादाक्रम निर्धारण, राजदूतमाथि छानबिन

काठमाडौँ । सरकारले नेपाल विशेष सेवा (आठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही पुस १९ र २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को


z