• २०८१ बैशाख ८ शनिबार

विश्वकप प्रिभ्यु : कोलोम्बियालाई रोक्न सक्ला त जापानले ?

kharibot

काठमाडौं ।  विश्वकप फुटबल अन्तर्गत आज समुह एचका दुई खेल हुदै छन् । समुह एचअन्तर्गत कोलोम्बिया र जापानबीच नेपाली समय अनुसार ५:४५ मा हुदै छ भने दोस्रो खेल पोल्याण्ड र सेनेगलबीच नेपाली समयअनुसार ८:४५ बजे हुदै छ ।

विश्वकप फुटबल अन्तर्गत कोलोम्बिया र एशियाली देश जापानबीच खेल हुदै छ । कोलोम्बिया छैठौ पटक विश्वकपमा सहभागी हुदै छ । गत विश्वकपमा कोलोम्बिया क्वाटरफाइनलसम्म पुगेको थियो । यो नै कोलोम्बियाको विश्वकपमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन हो । 

त्यस्तै जापान पनि विश्वकपमा छैठौ पटक सहभागी हुदै छ । जापान २००२ र २०१० मा दोस्रो चरणसम्म पुगेको थियो । त्यो नै जापानको विश्वकप अहिलेसम्म उत्कृष्ट प्रदर्शन हो ।
यी दुई देशबीच अहिलेसम्म तीन पटक प्रतिष्पर्धा भएको छ जसमा कोलोम्बियाले दुई पटक जितेको छ भने एक पटकको खेल बराबरीमा सकिएको छ । कोलोम्बियाले गत विश्वकपमा भएको खेलमा ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

कोलोम्बियाका लागि कप्तान राडामेल फल्काओ र जेम्स रोड्रीगेज प्रमुख खेलाडी हुन् । फल्काओले कोलोम्बियाका लागि ७३ खेलमा २९ गोल गरेका छन् भने रोड्रीगेजले ६३ खेलमा २१ गोल गरेका छन् । त्यस्तै यस टीममा बार्सिलोना बाटखेल्ने युवा डिफेन्डर यारी मिना, फरवार्ड कार्लोस बाकाजस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै जापानका लागि शिन्जी खाग्वा प्रमुख खेलाडी हुन् भने शिन्जी ओकाजकी, केइसुके होन्डा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । जापानका शिन्जी ओकाजाकीले जापानका लागि ५० गोल गरेका छन् भने होन्डाले ३६ गोल र खाग्वाले ३० गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै