• २०८१ बैशाख ६ बिहीबार

काँग्रेस जिल्ला सभापतिहरुको भेला हेटौडामा हुदै

kharibot

हेटौँडा । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ । 

सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । 

उक्त भेलाको दिउँसो पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

यसअघि सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटौडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयीक मुद्धाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराउनु भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै