• २०८१ बैशाख १३ बिहीबार

चितवनको माडीमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

kharibot

चितवन । कृषि विकास बैंक, चितवनको माडी शाखाले सामुदायिक सिकाई केन्द्रको समन्वयमा एक दिने वित्तिय कार्यक्रम सम्पन्न भएको छ । 

सो कार्यक्रममा बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जका शाखा प्रमुख रामचन्द्र अधिकारीले वित्तीय साक्षरताको अर्थ र आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदा आदिका बारेमा प्रशिक्षण दिएका थिए । 

त्यसैगरी बैंकको माडी शाखाका प्रबन्धक कुमार उप्रतीले उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कृषि विकास बैंकको विभिन्न प्रकारका कर्जा तथा सापट सुविधा, बैकले ल्याएको विभिन्न प्रकारका खाताका प्रकार, अत्याधुनिक बैंकिंग सुविधा तथा बैंकको विद्युतीय बैंकिङ सेवा सम्बन्धमा प्रकाश पारेका थिए । 

उक्त अवसारमा बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिंदै सफा नोटको महत्व, समृद्ध देश निर्माणको आधारको रुपमा रहेको विप्रेषण, जोखिम न्यूनीकरणको माध्यमको रुपमा रहेको कृषि र पशु बीमा तथा घरायसी बजेट निर्माणको महत्वको बारेमा सचेतना गराउंदै कार्यक्रमको समापन गरेका थिए ।

कृषि विकास बैंक, क्षेत्रिय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा माडी न.पा.वार्ड ८ का वडा अध्यक्ष कृष्णराज अधिकारी, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुर्य अधिकारी, समाजसेवी, विभिन्न सहकारीका अध्यक्ष-प्रबन्धक तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै