• २०८१ बैशाख ८ शनिबार

माछापुच्छ्रे बैंकले गर्यो नयाँ बानेश्वरमा सरसफाई कार्यक्रम

kharibot

काठमाडौँ, माछापुच्छ्रे बैंक तथा तेस्रो आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ । माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखावाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डी.डी.आई ब्यांकेटमा पुगेर समापन भएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सरसफाई तथा चेतना अभियानको १२० औं हप्ताको कार्यक्रमलाई सहयोग गर्दै उक्त स्थानमा बृहत सरसफाई कार्यक्रम संचालन गरेको हो ।

यस बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

यस बैकले दैनिक बैकिङ्ग कारोबार संचालन गर्न प्रयोग गरेको बैंकिंग सफ्टवेर र ग्लोबस बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै