न्यूरो अस्पतालको नाम परिवर्तन, उपेन्द्र देवकोटाको नाममा राखियो

खरीबोट
ad

काठमाडौँ । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उहाँद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ । 

डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ नामकरण गरिएको छ । उनले भने, “कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता प्रमाणपत्र दिइसकेको छ । बाँकी प्रक्रिया पनि छिटै थालिने छ ।” 

एसियामै स्नायुरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त डा देवकोटाको गत सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । डा देवकोटा छ महिनादेखि पित्तनलीको क्यान्सरबाट पीडित थिए । 

सम्बन्धित समाचार

न्यूरो अस्पतालको नाम परिवर्तन, उपेन्द्र देवकोटाको नाममा राखियो

काठमाडौँ । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उहाँद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ ।  डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’

वरिष्ठ डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि सम्पन्न

काठमाडौँ । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज अन्त्येष्टि गरिएको छ ।  त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका

डा.उपेन्द्र देवकोटाको आज अन्त्येष्टि गरिने, काजक्रिया सात दिनमा सक्ने 

काठमाडौँ । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने भएको छ । सोमबार साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन

वरिष्ठ डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको हो । बेलायतमा उपचार सम्भव