• २०८१ बैशाख ७ शुक्रबार

नेपालमा लगानी बढाउन प्रधानमन्त्री ओलीको आग्रह

kharibot

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्  । 

बैंकको मुख्यालय बेइजिङमा आज सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । 

नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुगम गन्तव्य रहेको जानकारी दिए । उहाँले लगानीकर्तालाई नहच्किन पनि भने । 

प्रधानमन्त्री ओलीको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष जेनले लगानीका प्राथमिकता निर्धारण गरी नेपालमा आउन आफूहरु तयार रहेको र केही परियोजनामा लगानीसमेत गरिसकेको बताएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै