• २०८१ बैशाख ७ शुक्रबार

रनबीर सिंह र दीपिका पादुकोनेले आगामी नोभेम्बरमा विवाह गर्ने !

kharibot

मुम्बई । बलिवुडका अहिलेका चर्चित रियल लाइफ जोडी रनबीर सिंह र दीपिका पादुकोनेले आगामी नोभेम्बरमा विवाह गर्ने भएका छन् ।

बलिवुड सम्बन्धि कभरेज गर्ने पत्रिका फिल्म फेयरका अनुसार आगामी नोभेम्बर १० मा रनबीर र दीपिकाले विवाह गर्ने मिति तय गरेको दाबि गरेको छ । पारिवारिक स्रोतलाई उल्लेख गर्दिया फिल्मफेयरले सो मिति तय गरेको उल्लेख गरको छ । फिल्म फेयरका अनुसार दुवैको कामको सेड्युल र पारिवारिक हिसाबले नोभेम्बर १० को मिति तय भएको बताएको छ । 

यस बारेमा रनबीर र दीपिकाको तर्फबाट आधिकारिक धारणा भने आएको छैन । अहिले बलिवुडमा फिल्ममा व्यस्त दुवै बलिवुडमा आफ्नो सफलताको उत्कृष्ट समयमा रहेका छन् ।
दुवैले हालै पद्मावत फिल्ममा अभिनय गरेका थिए । यस अघि दुवैले राम लिला, बाजिराव मस्तानी जस्ता सुपर हिट फिल्ममा काम गरेका छन् ।

दीपिकाको रनबीरसँग अफयेर्स हुनु अघि बलिवुडका अर्का अभिनेता रणबिर कपुरसँग अफयेर्समा थिइन् । दीपीकाको नाम त्यसअघि क्रिकेटर महेन्द्र सिंह धोनी, युराज सिंहसँग पनि जोडिएको थियो । त्यस्तै रनबीर सिंहको पनि दीपिकासँग अफयेर्स हुनु अघि अनुष्का शर्मासँग अफयेर्स रहेको थियो ।

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै