• २०८१ बैशाख ६ बिहीबार

विश्वकपमा डेनमार्क र अस्ट्रेलियाबीचको खेल बराबरीमा

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समुह सी को डेनमार्क र अस्ट्रेलियाबीचको खेल बराबरीमा सकिएको छ ।

विहिबार भएको खेलमा डेनमार्क र अस्ट्रेलियाले १-१ गोलको बराबरी खेलेका हुन् । डेनमार्कका लागि खेलको सातौ मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै अग्रता दिलाएका थिए भने अस्ट्रेलियाका लागि मिल जेडिनेकले खेलको ३८औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । भिडियो रिफरलको सहयोगमा डेनमार्कका युसुफ पाउलसेनले डी बक्सभित्र बल हातले छोए पछि रेफ्रीले अस्ट्रेलियालाई पेनाल्टी दिएका थिए ।

जेडिनाकले फ्रान्सविरुद्ध पनि पेनाल्टीमार्फत गोल गरेका थिए । साथै जेडिनाकले विश्वकप प्रतियोगितामा ३ गोल गर्दै अष्ट्रेलियाका लागि धेरै गोल गर्नेको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । अष्ट्रेलियाका टिम केहीलले विश्वकपमा ५ गोल गरेका छन् ।

यो बराबरी पछि दुवै देशले एक एक अंक बाडेका छन् । समुहमा डेनमार्कको ४ अंक भएको छ भने अस्ट्रेलियाले २ खेलमा एक अंक हासिल गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै