बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो 

खरीबोट
ad

काठमाडौँ । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । अमर खुट्टामा गोली लागी घाइते भएका छन् । 

प्रवउ सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । त्यसैगरी एक हजार २०० अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत फेला परेको छ । 

अमरले गत जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर रु १९ लाख ६० हजार लुटेका थिए । उक्त रकम लुट्ने काममा चार जना रहेको जानकारी प्रवउ सिंहले दिए ।
 

सम्बन्धित समाचार

अमेरिकामा महिलाले आफ्नै सहकर्मीमाथि अन्धाधुन्ध गोली चलाउदा चार जनाको मृत्यु  

एबरडीन। अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको

खुर्शिद अन्सारी हत्या प्रकरण : पहिचान गरेर गोली हानेको खुलासा

इनरुवा। बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ ।  स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन

सुनसरीमा गोली प्रहारबाट एकको मृत्यु, प्रहरी घाइते

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएको छ । भारतीय बजारबाट नम्बर प्लेट नभएको

सुनसरीको भुटाहामा गोली प्रहारबाट एकजनाको हत्या

इटहरी।  सुनसरीको भुटाहामा गोली प्रहारबाट एकजनाको हत्या भएको छ। अज्ञात समूहको गोली प्रहारबाट स्थानीय शिक्षक खुर्सिद आलमको मृत्यु भएको हो। आलममाथि भारतीय समूहले गोली प्रहार गरेको स्थानीयले दावी गरेका छन्। भुटाहा