• २०८१ बैशाख ७ शुक्रबार

बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो 

kharibot

काठमाडौँ । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । अमर खुट्टामा गोली लागी घाइते भएका छन् । 

प्रवउ सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । त्यसैगरी एक हजार २०० अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत फेला परेको छ । 

अमरले गत जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर रु १९ लाख ६० हजार लुटेका थिए । उक्त रकम लुट्ने काममा चार जना रहेको जानकारी प्रवउ सिंहले दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै