• २०८१ बैशाख ७ शुक्रबार

विश्वकपमा विजयी लय खोज्दै ब्राजिल, कोस्टारिकाविरुद्ध नेइमारको अग्निपरीक्षा 

kharibot

काठमाडौँ । विश्वकप फुटबलमा समुह इ अन्तर्गत ब्राजिल र कोष्टारिकाबीच आज खेल हुदै छ । नेपाली समय अनुसार ५:४५ मा हुने यस खेलमा ब्राजिलका स्टार खेलाडी नेइमार खेल्ने भएका छन् । 

स्विटजरल्याण्डसँगको अघिल्लो खेलमा घाइते भएका नेइमारले खुट्टामा पिडा भएपछि गत मंगलबारको अभ्यास शत्र छोडेका थिए । ब्राजिलका म्यानेजर टिटेले नेइमारले ब्राजिलको कोष्टा रिका विरुद्धको खेलको सुरुवात गर्ने बताएका छन् । 

पहिलो खेलमा स्वि जरल्याण्डविरुद्ध १-१ को बराबरीमा रोकिएको ब्राजिलको विश्वकपमा मध्यम सुरुवात भएको छ । स्विस टिमविरुद्ध बराबरीमा रोकिए पछि ब्राजिल टिमको आलोचना भएको छ । विश्वकपको उपाधिको दाबेदार मानिएको ब्राजिल विश्वकप अघिका खेलमा लयमा देखिए पनि पहिलो खेलमा गोल गर्न संघर्ष गरेको देखिएको थियो ।

त्यस्तै कोष्टारिका भने पहिलो खेलमा सर्बियासँग १-० गोल अन्तरले पराजित हुदै ब्राजिल जस्तो सशक्त टिमसँग जितको खोजीमा मैदानमा उत्रिदै छ । दुवै टिमले यस खेलका लागि पहिलो खेलमा खेलेका खेलाडी नै सुरुवाती ११ खेलाडीको सुचि नै उतार्ने बताएका छन् ।

प्रमुख खेलाडी :     

ब्राजिल पछिल्लो समय उत्कृष्ट फर्ममा देखिएको भएपनि विश्वकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ । ब्राजिलले पछिल्लो १२ खेलमा अपराजित रहेको ब्राजिल विश्वकप तयारीका लागि खेलेका ४ मैत्रीपूर्ण खेलमा उत्कृष्ट लय प्रदर्शन गर्दै जीत हासिल गरेको थियो । 

ब्राजिलको टिममा नेइमार नै प्रमुख खेलाडी रहेका छन् ।  नेइमार अघिल्लो खेलमा घाइते भएको भएपनि ब्राजिलका म्यानेजर टिटेले यस खेलमा खेल्ने प्रष्ट पारिसकेका छन् ।

यद्यपी ब्राजिल कुनै एक खेलाडीमा भर नपर्ने भएपनि अहिले नेइमारले यस टिमलाई डोमिनेट गरेका छन् । उनका अलावा फिलिप कोन्टिन्होले पहिलो खेलमा गोल गरेर आफ्नो विश्वकपको सुरुवात राम्रो गरेका छन् भने  गाब्रियल जिसस, विलियन, पाउलिन्हो जस्ता प्रभावशाली खेलाडीले ब्राजिललाई विश्वकप कै प्रबल दाबेदार टिम बनाएको छ । 

त्यस्तै कोष्टारिकाका लागि ३२ बर्षिय कप्तान ब्रायन रुइज प्रमुख खेलाडी हुन् । ब्रायनले कोष्टारिकाका लागि १११ खेलमा २४ गोल गरेका छन् । त्यस्तै ३० बर्षिय मिडफिल्डर केल्सो बोर्गेज, जोएल क्याम्बेल, क्रिस्टियन बोलानोज जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

हेड टु हेड :

ब्राजिल र कोष्टारिकाबीच अहिलेसम्म १० खेल भएका छन्, जसमा ब्राजिलले ९ खेलमा जित हासिल गरेको छ भने कोष्टारिकाले एक खेलमा जित हासिल गरेको छ । कोष्टारिकाले सन १९६० को मैत्रीपूर्ण खेलमा ब्राजिललाई पराजित गरेको छ । त्यस्तै विश्वकपमा भने यी दुई टिम यस अघि दुई पटक भेट भएका छन् जसमा ब्राजिलले दुवै पटक जितेको छ ।

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै