सीप सिके युवा विदेशिनु पर्दैन

खरीबोट

चितवन / आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् । 

दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्किएका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार हुनुका साथै आठ जनालाई रोजगारी पनि दिएका छन । 

विदेशको तापमा भन्दा नेपालमानै सीप सिकेर केही गरौँ भन्ने उद्देश्यका साथ फर्कनुभएका उनले कपाल काट्ने तालीम लिए  । सिग्देलले भने  “साधारण तालीम यही लिएँ र डिप्लोमा स्तरको तालीम काठमाडौँमा लिएँ ।” त्यसपछि चितवन फर्किएर आफ्नो व्यवसाय शुरु गरे । भरतपुरको चौबिसकोठीमा कोठा भाडामा लिएर पपुलर युनिसेक्स सैलुन उनले शुरु गरे । 

नेपाल फर्किएपछि तालीम लिनु अघि सिग्देलको एक युवतीसँग प्रेम सम्बन्ध रह्यो र उनलाई पनि ब्यूर्टिपार्लरसम्बन्धी तालीम लिन लगाए  । पसल खोलेसँगै सिग्देलले बिहे गरे  उनले पुरुषको कपाल काटे  भने श्रीमती सुस्मिता चालिसेले सँगै महिलाको पार्लरसम्बन्धी काम गरिन । 

झण्डै तीन लाख लगानी गरेको सैलुनले एकै महिनामा  एक लाखसम्म बचाउन थाल्यो । पाँच वर्षपछि अहिले उनले नजिकै ठूलो कोठा लिएर उच्चस्तरको सजावटसहितको वातावरण अनुकूलित सैलुन शुरु गरेका छन । सिग्देलले खुशी हुँदै भने “सजावटमा मात्र रु २० लाख खर्च गरेको छु ।” उनको शैलुनमा महिला पुरुष दुवैको कपाल काट्ने, फेसियल गर्ने, स्टेट पार्ने, मिनी कियर, पेडी कियर, आयल मसाज, डेढलक, हेयर कलर, दाह्री फाल्ने, बेहुला बेहुलीको मेकपजस्ता काम हुने गर्दछन् । 

एउटै कामबाट ३५ हजारसम्म बुझ्ने गरेको भन्दै उनले  १०० को दाह्री काट्नेदेखि  ३५ हजारको डेढलक गर्नेसम्मका काम गरेको बताए । सँगै डिप्लोमा स्तरको तीन महिने र छ महिने तालीम पनि शुरु गरेको सिग्देलले बताए । तीन महिने तालीमलाई २० हजार र छ महिने तालीमलाई ३० हजार लिने गरेको उको भनाइ छ । 

व्यवसाय शुरु गरेसँगै आफन्तलाई सीप सिकाउने र काम लगाउने गर्न थालेको सिग्देलले बताए । उनले भने “आठ जनाले रोजगारी पाएका छन् । उनीहरू भाइबहिनी साली, भान्जीलगायतका रहेका छन् ।” 
 

सम्बन्धित समाचार

नारायणीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता

चितवन । त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९।३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गैडाकोटका २४ वर्षीय अमृत भनिने

चितवनमा सहकारीले गर्यो एक महीनामा एक करोडको सुन्तला बिक्री

चितवन । तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त

छोरी जन्मँदा गाउँपालिकाले ५ हजारसहित बैंक खाता खोल्ने

चितवन । इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत

चितवनमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर


z