नाइजेरियालाई पन्छाउदै दोस्रो चरणमा जाने दाउमा आइसल्याण्ड 

खरीबोट
ad

काठमाडौँ । विश्वकपमा समुह डी को आइसल्याण्ड र नाइजेरियाबीच आज खेल हुदै छ । नेपाली समय अनुसार ८:४५ मा हुने यस खेलले यस समुहबाट दोस्रो चरणमा जाने टिमको धेरै हदसम्म निर्णय गर्ने भएको छ । यो खेल यी दुई टिमका लागि त महत्वपूर्ण छ नै अर्जेन्टिनाका लागि पनि दोस्रो चरणमा जान यस खेलको परिणामले प्रभावित पार्ने देखिएको छ ।

पहिलो खेलमा क्रोएसियासँग २–० ले पराजित भएको नाइजेरियाले आइसल्यान्डविरुद्ध जित हात पार्न नसके प्रतियोगिताबाट बाहिरिने निश्चित हुने देखिन्छ ।

त्यस्तै दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई चुनौती दिँदै पहिलो खेलमा १–१ को बराबरी नतिजा निकालेको आइसल्यान्ड विश्वकपमा पहिलो सहभागितामै राम्रो सुरुवात गरेको छ । अर्जेन्टिनाविरुद्धको जस्तै लयलाई नाइजेरियाविरुद्ध निरन्तरता दिँदै अन्तिम १६ प्रवेशको सम्भावना जीवित राख्नु आइसल्यान्डको लक्ष्य हुनेछ।

यस समुहबाट ६ अंक जोडेको क्रोएसिया दोस्रो चरणमा प्रवेश गरिसकेको छ भने आइसल्यान्ड र अर्जेन्टिना समान १ अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन् । नाइजेरियाले अंक जोड्न सकेको छैन । 

आइसल्यान्डका कप्तान आरोन गुनार्सनले पहिलो खेलमा अर्जेन्टिनालाई रोक्दा टोलीको मनोबल उच्च भए पनि नाइजेरियाविरुद्ध थप सुधारिएको प्रदर्शन गर्न आवश्यक भएको बताए। ‘हामी नाइजेरियाविरुद्ध ३ अंक जोड्दै अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न चाहन्छौं,’ गुनार्सनले भने, ‘अर्जेन्टिनालाई बराबरीमा रोक्दा टोलीको मनोबल बढे पनि दोस्रो खेलमा सुखद नतिजा ल्याउन नसके त्यसको कुनै अर्थ हुने छैन।’

प्रतियोगिताकै युवा टोली नाइजेरिया आइसल्यान्डलाई पराजित गर्दै अन्तिम १६ प्रवेश सम्भावना कायम राख्न चाहन्छ । नाइजेरियाले ४ वर्षअघि ब्राजिल विश्वकपमा अन्तिम १६ सम्मको यात्रा गरेको थियो । ‘हामीसँग बाँकी दुई खेलमा जित हात पार्नुको विकल्प छैन,’ नाइजेरियाका प्रशिक्षक ग्रेनोट रोहरले भने, ‘हामीले अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्दै छौं । त्यसैले हामी आइसल्यान्डविरुद्ध जित हात पार्दै उक्त खेलका लागि मनोबल उच्च पार्नुका साथै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न चाहन्छौ ।’

रोहरले क्रोएसियाविरुद्धको खेलमा आफ्नो टोलीले कर्नर प्रहारमा गल्ती गरेको भन्दै आइसल्यान्डविरुद्ध त्यही गल्ती नदोहोर्याउने बताए । ‘हामी प्रतियोगिताकै युवा टोली हौ,’ उनले भने, ‘त्यसैले खेलाडीहरूमा अनुभवको कमी छ तर पनि सुखद नतिजा ल्याउनेमा म विश्वस्त छु।’

उनले क्रोएसियाविरुद्धको खेलमा ४ रक्षकलाई खेलाए पनि आइसल्यान्डसँग भने ३ रक्षक मात्र खेलाउने संकेत गरे । रोहरले कप्तान आवी मिकेललाई आक्रामक मिडफिल्डरको रूपमा खेलाउने योजना बनाएको बताए।

नाइजेरियाका प्रशिक्षकले पहिलो खेलको रणनीति परिवर्तन गर्ने बताए पनि आइसल्यान्डले भने अर्जेन्टिनाविरुद्धको खेलमा लिएको रणनीति शुक्रबार पनि दोहोर्याउने बताइएको छ । आइसल्यान्ड पहिलो खेलमा ४–५–१ को रणनीतिमा मैदान उत्रिएको थियो।

‘पहिलो खेलको नतिजापछि हामीलाई प्रतियोगिताको अनुमान गर्न नसकिने टोलीका रूपमा हेरिएको छ,’ अर्जेन्टिनाविरुद्ध बराबरी गोल गर्दै आइसल्यान्डको विश्वकप यात्राको सुखद सुरुआत दिलाएका अल्फर्ड फिन्बोगासनले भने ।

विश्वकपमा प्रदर्शन :

नाइजेरिया फिफा वरियतामा ४८औ स्थानमा छ । पाचौ पटक विश्वकपमा सहभागी यस अफ्रिकी देशले अहिलेसम्म विश्वकपमा  १८ खेल खेल्दै केबल ५ जित हासिल गरेको छ भने ५ खेल बराबरी गरेको छ । त्यस्तै ८ खेलमा हार बेहोरेको छ । उता आइसल्याण्डभने फिफा वरियतामा २२औ स्थानमा रहेको छ भने उ पहिलो विश्वकप खेलिरहेको छ । विश्वकपकै पहिलो खेलमा अर्जेन्टिनाको सामना गरेको आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीआमा रोकेर उसको विश्वकप यात्रालाई नै धरापमा पारिदिएको छ ।
  

सम्बन्धित समाचार

विश्वकपमा सहभागी कुन देशले कति पैसा पाए ?

काठमाडौँ । विश्वकपको फाइनल खेल हुने लाग्दा विश्वकप जित्ने टिमले कति पुरस्कार पाउला भन्ने कौतुहलता हुनु स्वाभाविकै हो ।  क्रोसियालाई फाइनल खेलमा ४-२ गोल अन्तरले पराजित गरेपछि फ्रान्सले ३८ मिलियन डलर

 फ्रान्सले यसरी मनायो विश्वकप जितको खुशियाली (फोटो फिचर)

काठमाडौँ  ।  रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ ।  रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले

लुका मोड्रीचले जिते विश्वकपको गोल्डेन बल 

काठमाडौँ । विश्वकप फुटबलको गोल्डेन बल क्रोसियाका लुका मोड्रीचले जितेका छन् । यस विश्वकपमा २ गोल र एक असिस्ट गरेका मोड्रीचले क्रोसियालाई पहिलो पटक फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै

इङल्याण्डका ह्यारी केनले जित विश्वकपमा गोल्डेन बुट

काठमाडौँ । विश्वकप फुटबलमा इङल्याण्डका ह्यारी केनले  गोल्डेन बुट जितेका छन् । विश्वकपमा खेलेका ७ खेलमा ६ गोल गरेका केनले गोल्डेन बुट जितेका हुन् । केन विश्वकपमा गोल्डेन बुट जित्ने इङल्याण्डको