रुकुमको बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

खरीबोट
ad

रुकुम / रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । 

सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा परेर घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको निरीक्षक दिवाकर रिजालले जानकारी दिए । 

घाइतेमध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उननीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ । 

तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडी चालक दाङ, तुल्सीपुर–११, तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । 
 

सम्बन्धित समाचार

सर्लाहीमा बस दुर्घटना–दुईको मृत्यु, २३ घाइते

सर्लाही। सर्लाही ब्रह्मपुरी गाउँपालिकामा शनिबार साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव

डोटीको रुवसकाँडामा बस दुर्घटना

धनगढी। दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।  कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी

मुसीकोट–रुकुमकोट खण्ड पुनः सञ्चालन

रुकुम पश्चिम । मुसीकोट वर्षा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा

रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या

मुसिकोट / नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपु¥याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो ।  नमूना शहरको