प्रतिनिधिसभामा मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

खरीबोट

फाइल तस्विर । 

ad

काठमाडौँ / संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन । 

सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यस्को प्रभाब विभिन्न क्षेत्रमा पनि परेको र यसै विषयमा सडकमा आवाज उठाउने विद्यार्थी संगठनका मागको सम्बोधन नगरिएकामा आपत्ति पनि जनाए  । 

सांसद शान्ता चौधरीले कमलरी प्रथाको अझै पनि अन्त्य हुन नसकेको र अहिले पनि करिब १०० महिला कमलहरीका रुपमा काम गर्न बाध्य भएको र यसै क्रममा ११ वर्षीया अस्मिता थारुको हत्या सम्बन्धी घटनामा छानबिन गर्न आग्रह गरिन । 

उनले आत्महत्या भनिएको सो घटनामा बालिकाको दुबै हातमा खिल गाडिएको र शरीरभर निलडाम भएकाले सो घटना आत्महत्या नभइ हत्या गरिएको आशंका भएकाले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन गृहमन्त्री समक्ष आग्रह गरे । 
 

सम्बन्धित समाचार

अपराधपीडित संरक्षण र बालबालिका विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५’ र वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५ स्वीकृत गरेको हो

शहरी विकास मन्त्रालयलाई विवरण पेश गर्न निर्देशन

काठमाडौँ।  प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले शहरी विकास मन्त्रालयलाई कार्यक्रम र योजनामा भएको खर्चको यथार्थ विवरण १५ दिनभित्र समितिसमक्ष उपलब्ध गराउन निर्देशन दिएको छ ।  समितिको आजको बैठकले मन्त्रालतअन्तर्गतका कार्यक्रममा भएको

प्रतिनिधिसभाका समिति सभापतिहरूको निर्वाचन फेरी स्थगित

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिहरूको निर्वाचन फेरी स्थगित भएको छ । संघीय संसद सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै भदौ १७ गतेका लागि तय गरिएको समिति सभापतिहरूको निर्वाचन स्थगित भएको