• २०८१ बैशाख १३ बिहीबार

मंगलग्रहमा धूलोको आँधी, सौर्य प्रकाश नछिरेपछि नासाको रोभर ‘कोमा’मा !

kharibot

यो जुन महिनामा नासाको क्युरिओसिटी रोभरले माष्ट क्यामराबाट लिएको तस्बिर हो । रोभर गेल क्रेटरभित्र रहेको छ । तस्बिर : नासा

उत्तर अमेरिका । मंगलग्रहको अधिकांश भाग धूलीकणहरुले ढाकेको वैज्ञानिकहरुले बताएका छन् । विगत दुई सातादेखि यस्तो अनौठो घटना घटेको अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले जनाएको छ । सोही कारण अनुसन्धानका लागि त्यहाँ रहेको नासाको अपरच्युनिटी रोभर सौर्य प्रकाशको पहुँचबाहिर हुनपुगेको र काम गर्न नसकी ‘कोमा’ अवस्थामा रहेको बताइएको छ । 

नासाको उक्त रोभरले रातो ग्रह (मंगल)को सतहको माटोको परीक्षण गरिरहेकोमा यस्तो घटनाको सामना गर्नुपरेको हो । यता नासाकै क्युरिओसिटी रोभर मंगलको गेल क्रेटरमा रहेको छ भने यसमा उक्त घटनाले खासै खतरामूलक असर नगर्ने नासाको भनाइ छ । अपरच्युनिटी रोभरले सौर्य प्रकाशबाट इन्धन प्राप्त गर्छ भने क्युरिओसिटी रोभरमा चाहिँ आणविक शक्तियुक्त ब्याट्री रहेको छ । यसले दिन र रात दुवै समयमा यसले काम गरिराख्छ । 

अचम्मसँगै फैलिँदै छ धूलो 
मंगलग्रहमा अस्वाभाविक रुपमा धूलोको आँधी आएको र धेरै मंगलभागमा यसले असर गरेको छ । यद्यपि क्युरिओसिटी मंगलग्रहको उक्त धूलो उडेको क्षेत्रभन्दा विपरीत भागमा रहेको बताइए पनि धूलोको प्रभाव निकै बढी छ । मंगलको आकाशमा धूलो ढाकेपछि यसले सौर्यकिरणलाई अवरोध पुर्याएको छ ।

मंगलको आकाशमा लागेको धूलोको कुहिरोलाई वैज्ञानिकहरुले ‘टाउ’ नाम दिएका छन् जुन गेल क्रेटरमाथि ८.० मा रहेको छ भने टाउ अपरच्युनिटी रोभरमाथि भने झण्डै ११ सम्म पुगेको थियो । उक्त धूलो बाक्लो भएकै कारण उक्त पुरानो अपरच्युनिटी रोभरले कुनै मापन नै आँकलन गर्न नसक्ने बताइएको छ । 

यता नासाको क्युरिओसिटी रोभरले चाहिँ यस घटनाबारे केही उत्तर दिनसक्ने वैज्ञानिकहरुले बताएका छन् । यद्यपि नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टर मेरिल्याण्डका क्युरिओसिटीको धूलो अन्वेषणबारे अनुसन्धान गर्ने वरिष्ठ वातावरणविज्ञ स्कट डी. गुजेविचले यसबारे धेरै कुरा बुझ्न बाँकी रहेको बताए  ।

उनका अनुसार रोभरको सहायताले मंगलको सतहबाट अन्तरिक्षसम्म धूलोबारेको सूचना संकलन गर्न सकिने आशा गरे । मंगलमा यस्तै घटना पछिल्लोपटक सन् २००७ मा भएको थियो जुन क्युरिओसिटी मंगलमा ल्याण्ड गर्नुभन्दा पाँच वर्षअगाडिको हो । 

अपरच्युनिटी रोभरले सौर्य प्रकाशबाट इन्धन प्राप्त गर्छ भने क्युरिओसिटी रोभरमा चाहिँ आणविक शक्तियुक्त ब्याट्री रहेको छ । यसले दिन र रात दुवै समयमा यसले काम गरिराख्छ । 

अहिले रोभर आफू रहनेभन्दा ३० किमि टाढा रहेको छ भने यसको माष्ट क्यामेराले दैनिक रुपमा फोटो खिचिरहेको छ । उक्त फोटोमा मंगलको आकाश धूलोले कुहिरीमण्डल देखिएको छ । यो ज्यादै नै बाक्लो गरी लागेको छ ।

क्यालिफोर्नियामा रहेको नासाको जेड प्रोपोल्सन ल्याब्रोटरीका क्युरिओसिटीका इन्जिनियरहरुले धूलोका कारण पत्ता लगाउने प्रयास जारी राखेका छन् भने यसले रोभरका पार्टपुर्जामा पुर्याउनसक्ने हानिबारे पनि अवलोकन गरिरहेका छन् । उनीहरुका अनुसार यसले रोभरमा खासै क्षति पुर्याउन सक्दैन । तर यसको मुख्य प्रभाव भने सौर्यकिरणको अभावले पर्ने बताइएको छ । 

सोही कारण यसको माष्ट क्यामरा डाउन हुनलागेको छ । 

मंगलमा यस्तो घटना सामान्य 
यद्यपि वैज्ञानिकहरुका अनुसार मंगलग्रहमा यस्तो घटना हुनुलाई सामान्य रुपमै लिइन्छ । खासगरी दक्षिणी खण्डमा स्प्रिंग र समर सिजनमा यस्ता घटना हुने उनीहरु बताउँछन् । यतिबेला ग्रह सूर्यको नजिक हुनजाने भएकाले यस्तो हुने गर्छ ।

जब वायुमण्डल तात्न थाल्छ तब यसका सतहका धूलोहरु बढी तातोका कारण उड्न थाल्छन् । यसमा खासगरी विन्टर पोलार क्यापमा जमेर रहेका कार्बनडाइ अक्साइडहरु पनि वाष्पीकृत हुनथाल्छन् र वायुमण्डलीय क्षेत्र बाक्लो धूलोमय बन्छ । कहिले कहिले त मंगलमा धूलाको बादल करिब ६० किमिसम्म पुग्नसक्छ । 

सामान्य हुँदाहुँदै पनि मार्टियन डष्ट (धूलो) आँधी प्रायः स्थानीय क्षेत्रमै सीमित हुन्छन् । तर अहिलेको आँधीचाहिँ यदि पृथ्वीमा भएको भए करिब करिब रुस वा उत्तर अमेरिकाभन्दा पनि ठूलो क्षेत्रमा फैलिन पुगेको गुजेविकको भनाइ छ ।

पृथ्वीमा पनि यस्तो आँधी मुख्य मरुभूमिहरुमा आउने गर्छ । उत्तरी अफ्रिका र मध्यपूर्वमा यस्तो हुने गर्छ । तर यहाँको अवस्थाले विश्वव्यापी हुन भने सक्दैन ।  

नोट : यो सामग्री साइन्सडेली डटकमबाट भावानुवाद गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै