• २०८१ बैशाख ८ शनिबार

केन्द्र सरकारबाट प्रदेश सरकार अपमानित भयो : मुख्यमन्त्री गुरुङ

kharibot

बेंसीशहर, लमजुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने बजेट नदिएर अपमान गरेको गुनासो गरेका छन् । 

गृह जिल्ला लमजुङको बेंसीशहर नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन गर्दैै मुख्यमन्त्री गुरुङले    साना र धेरै विकास निर्माणका योजना प्रदेश र स्थानीय सरकारमा हुने तर बजेट भने केन्द्रमै राख्ने काम भएको बताए । “संघीय सरकारले आफूसँग ३० प्रतिशत बजेट राखेर सबै प्रदेशलाई दिनुपर्ने हो”, उनको भनाइ थियो । 

नगरसभामा नगरपालिका प्रमुख गुमानसिंह अर्यालले करीब रु ५५ करोड बराबरको बजेट र आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै