• २०८१ बैशाख ८ शनिबार

जितको खोजीमा डिफेन्डिङ च्याम्पियन जर्मनी, स्विडेनले रोक्न सक्ला ?

kharibot

काठमाडौँ । विश्वकपको समुह एफमा रहेको डिफेन्डिङ च्याम्पियन जर्मनीले आज यस विश्वकपको आफ्नो दोस्रो खेल स्विडेनविरुद्ध खेल्दै छ । 

नेपाली समय अनुसार ११:४५ मा हुने यो खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ । पहिलो खेलमा मेक्सिकोसँग अप्रत्याशित हार बेहोरेको जर्मनीले विश्वकपमा आफ्नो यात्रा कायम राख्न आजको यो खेल जित्ने पर्ने देखिन्छ भने स्विडेनले आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै यस खेलमा जर्मनीलाई हराएर विश्वकपमा दोस्रो चरणमा जाने दाउमा रहेको छ । 

१९५३, १९७४, १९९० र २०१४ को च्याम्पियन जर्मनीले आफ्नो महत्वपूर्ण खेलमा स्विडेनसँग प्रतिष्पर्धा गर्न हुन लागेको हो । तुलनात्मक रुपमा जर्मनी निकै बलियो टिम रहेपनि पछिल्ला खेलहरुमा जर्मनीले आफ्नो उत्कृष्ट लय भने देखाउन सकेको छैन । यता स्विडेनले भने विश्वकपमा आफ्नो पहिलो खेल जितेर राम्रो सुरुवात गरेको छ । 

जर्मनी अहिलेसम्म ८ पटक विश्वकपको फाइनलमा पुगेको छ भने ४ पटक उपाधि जितेको छ । त्यस्तै चार पटक सेमिफाइनलमा रोकिएको छ भने ३ पटक तेस्रो र एक पटक चौथो भएको छ ।

सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपदेखि सहभागिता जनाउँदै आएको जर्मनीले यस विश्वकपमा उपाधि जिते ब्राजिलको ५ पटक विश्वकप जित्ने रेकर्डको बराबरी गर्ने छ ।
विश्वकपमा १२औ पटक भाग लिन थालेको स्विडेन सन १९५८ को आफ्नो देशमा आयोजना भएको विश्वकपमा फाइनलमा पुग्नु नै अहिलेसम्मको विश्वकपको ठुलो सफलता हो ।

स्विडेन विश्वकपका तयारी खेलमा दुई बराबरीमा रोकिएको थियो । डेनमार्क र पेरुसँग बिना कुनै गोल बराबरीमा रोकिएको थियो ।

प्रमुख खेलाडी :

जर्मनीका लागि थोमस मुलर प्रमुख खेलाडी हुन् । उनले जर्मनीको राष्ट्रिय टिमका लागि ९१ खेल खेल्दै ३८ गोल गरेका छन् भने विश्वकपमा १० गोल गरिसकेका छन् । त्यस्तै यस टिममा गोल किपर म्यानुअल नेउर,  प्लेमेकर टोनी क्रुज, मेसुट ओजिल र मार्को रेकसजस्ता उत्कृष्ट खेलाडी रहेका छन् ।

त्यस्तै स्विडेनका लागि मार्कस बर्ग प्रमुख खेलाडी रहेका छन् । उनले स्विडेनका लागि ५७ खेलम १८ गोल गरेका छन् । त्यस्तै ओला टोईभोनेन, सेब्स्टेन लार्सन, कप्तान अन्द्रेस ग्रान क्भिस्ट जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

हेड टु हेड :

जर्मनी र स्विडेनबीच अहिलेसम्म ३६ पटक खेल भएको छ, जसमा जर्मनीले १५ पटक जितेको छ भने स्विडेनले १३ पटक जितेको छ । त्यस्तै ८ खेल बराबरीमा सकिएको छ । जर्मनी स्विडेनसँग पछिल्ला ११ खेलमा अप्ररजित रहेको छ । यी दुई टिमबीच भएका पछिल्ला दुईखेलमा कुल १६ गोल भएका छन् । २०१२ मा ४-४ गोलको बराबरी खेलेका दुवै देश २०१४ को विश्वकप छनौटमा जर्मनी ५३ गोल अन्तरले विजयी भएको थियो । 

जर्मनीले पहिलो खेलमा मेक्सिकोसँग हारेर विश्वकपमा दोस्रो पटक पहिलो खेल गुमाएको छ ।  यस अघि १९८२ मा अल्जेरियासँग विश्वकपको पहिलो खेल गुमाएर पनि विश्वकपको फाइनलसम्म पुगेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै