• २०८१ बैशाख ८ शनिबार

मन्त्रीपरिषद्को निर्णय स्पष्ट नहुँदा बाहिरी चक्रपथको काम अघि बढ्न सकेन

kharibot

काठमाडौँ । १३ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथको निर्माणको काम अघि बढन सकेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओली सरकारका  एक सय दिन पुग्ने दिनमै पहिलो चरणमा निर्माण हुने गरि गृहकार्य अघि बढाएको बाहिरी चक्रपथ विकास आयोजनाले अहिले काम अघि बढाउन पाएको छैन । 

पहिलो चरणमा विकास गरिने चोभार-सतुङगल ६.६ किलोमिटरमा काम अघि बढाउनका लागि जग्गा अधिग्रहणको स्वामित्व आयोजनाले नसकेपछी चक्रपथ विकासको काम अघि बढाउन समस्या भएको हो ।

गत वैशाख ४ गतेको मन्त्रीपरिषद्को बैठकले कुल ७२ किलोमीटरको उक्त चक्रपथमध्येको सो खण्डको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरि जग्गा अधिग्रहणका लागि बाटो खोलिदिएको थियो । तर उक्त निर्णयले जग्गा अधिग्रहण गर्न सकिने तर सो जग्गा नेपाल सरकारका नाममा जाने आयोजना तथा काठमाडौं उपत्यका प्राधिकरणको नाममा नहुने भएकोले चक्रपथ विकासको काम लम्बिएको आयोजना स्रोतले जनाएको छ । 

अब यो विषयलाई स्पष्ट पार्नका लागि पुन : जग्गा प्राप्तिको फाइल मन्त्रीपरिषदको बैठकमा पेश गरिने भएको छ । त्यसपछि मात्रै बाहिरी चक्रपथ विकासको काम अघि बद्ने देखिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै