• २०८१ बैशाख ८ शनिबार

आठ वटा कम्पनीहरुको एक अर्बभन्दा बढीको हकप्रद आउदै

kharibot

काठमाठौं  । जेविल्स फाईनान्सको आज आईतबारबाट २३ करोड ११ लाख ६५ हजार रुपैयाँको हकप्रद सेयर बिक्री खुल्ला भएको छ । 

फाईनान्सले हाल कायम रहेको चुक्ता पुंजी ५७ करोड ७९ लाख १२ हजार पाँच सय रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २३ लाख ११ हजार छ सय ५० कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । 

बिक्री प्रर्वन्धक सनराईज क्यापिटल लिमिटेड रहेको फाईनान्सको हकप्रदको बिक्री कार्य साउन १३ कायम रहने छ । हाल अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी ८० करोड ९० लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको फाईनान्सको हकप्रदको बिक्री पश्चात चुक्ता पुंजी ८० करोड ९० लाख ७७ हजार पाँच सय रुपैयाँ पुग्ने छ । 

त्यस्तै प्रभु इन्स्योरेन्स कम्पनीको पनि ३१ करोड ६६ लाख ६७ हजार रुपैयाँको हकप्रद अहिले बिक्री कै चरणमा रहेको छ । कम्पनीले यही असार आठ गतेबाट बिक्री प्रर्वन्धक प्रभु क्यापिटल मार्फत ३१ लाख ६६ हजार छ सय ७७ कित्ता हकप्र सेयरको बिक्री खुल्ला गरेको हो । कम्पनीको सेयर बिक्री कार्य आगामी साउन १० गतेसम्म कायम रहने छ ।

यसैगरी मिर्मिरे माईक्रो फाईनान्स डेभलपमेन्ट बैंकले चार करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्ता पुंजी चार करोड ५० लाख रुपैयाँ मध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी चार लाख ५० हजार कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्न लागेको हो । 
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत यही असार २७ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य साउन २९ गतेसम्म जारी रहने छ । अधिकृत पुंजी २० करोड र जारी पुंजी  नौ करोड रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी नौ करोड रुपैयाँ नै पुुग्ने छ । 

यसैगरी समता माईक्रो फाईनान्स बित्तीय संस्थाले यही असार २७ गतेबाट एक करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । संस्थाले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी तीन करोड ७९ लाख २० हजार रुपैयाँ मध्येबाट दुुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अ्रंकित मुल्य कायम रहनेगरी एक लाख ८९ हजार छ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

बिक्री प्रर्वन्धक एनआईेबिएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी साउन २९ गतेसम्म कायम रहने छ । अधिकृत पुंजी २० करोड तथा जारी पुंजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी पाँच करोड ६८ लाख ८० हजार नौ पुुग्ने छ । 

यि बाहेक सिर्नर्जी फाईनान्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, आरएसडिसी लघुबित्त बित्तीय संस्था, वोमी माईक्रो फाईनान्स आदिले पनि पुंजी बृद्धिको लागि हकप्रद सेयरको बिक्री आव्हान गरिसकेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै