• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ महानगरपालिकाद्वारा १३ अर्बको बजेट सार्वजनिक 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बार्षिक बजेट सार्वजनिक गरेको छ ।

आज भएको तेस्रो नगर अधिवेशनमा १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट सार्वजनिक गरिएको छ ।

जसमा पूर्वाधार सुधार र विकास खर्चमा ६४.३७ प्रतिशत अर्थात् ७ अर्ब ७५ करोड ७ लाख ७३ हजार बजेट छुट्याइएको छ भने पुजीगत सम्पत्ति तर्फ १९.६० प्रतिशत अर्थात् २ अर्ब ३६ करोड १ लाख ३४ हजार रकम विनियोजन गरिएको छ । त्यस्ती कर्मचारी तथा जनप्रतिनिधिको तलब र सुबिधा खर्चका लागि १०.८६ प्रतिशत अर्थात १ अर्ब ३० करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । 

त्यस्तै महानगरपालिकाको कार्यालय संचालन खर्च वापत ५.१८ प्रतिशत अर्थात ६२ करोड ३१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

साथै महानगरपालिकाले प्रस्तुत गरेको बजेटको ४०.७१ प्रतिशत रकम आफ्नै स्रोतबाट जुटाउने उल्लेख गरिएको छ । जसमा स्थानीय करबात ३०.४५ प्रतिशत र गैरकर आय १०.२६ प्रतिशत रहेने उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल सरकारको सहयोगमा ४६.९७ प्रतिशत रकम जुटाइने उल्लेख गरिएको छ । त्यस्तै गतबर्षको मौज्जात रकमबाट १२.३२ प्रतिशत रकम उपलब्ध हुने बजेटमा उल्लेख गरिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै