• २०८१ बैशाख १४ शुक्रबार

उत्कृष्ट सुरुवात गरेको सलमानको रेस-३ बक्स अफिसमा असफल, वितरक घाटामा 

kharibot

मुम्बई । बलिवुडमा यस बर्षको सवाधिक प्रतिक्षित फिल्म रेस-३ ले उत्कृष्ट सुरुवात गरेपनि बक्स अफिसमा निराशाजनक प्रदर्शन गरेको छ ।

पहिलो साता उत्कृष्ट व्यापार गरेको रेस-३ ले दोस्रो सातामा आइपुग्दा दर्शकले फिल्मलाई अस्विकार गरेका छन् । आइतबारसम्म आइपुग्दा फिल्मले केबल १६० करोडको ब्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्मलाई घाटा नभएपनि बलिवुडमा सलमानको ब्रान्ड अनुसार व्यापार गर्न असफल भएको छ । फिल्म रिलिज हुनुअघि ३ सय करोडभन्दा बढी ब्यापार गर्ने अनुमान गरिएको यस फिल्मले अब २ सय करोडको व्यापार पनि गर्न नसक्ने देखिएको छ । 

यसबाट भारतका केहि एरियाका वितरकलाई ठुलो घाटा हुने बताइएको छ । भारतको दिल्ली, मुम्बई, महाराष्ट्रको वितरण सलमान खान आफैले गरे पनि त्यो बाहेकका क्षेत्रमा फिल्म ६३ करोडमा बेचिएको यस फिल्मले आइतबारसम्म केबल ४० करोड मात्र ब्यापार भएको बताइएको छ । यसरी हेर्दा करिब २३ करोड वितरकलाइ सिधै घाटा हुने देखिएको छ । यसअघि सलमान खानले आफ्नो फिल्म ट्युबलाइटमा वितरकलाइ ३५ करोड घाटा हुदा पैसा फिर्ता गरेका सलमानले यस पटक के गर्छन त्यो बहने हेर्न बाँकी छ ।

भारतका केहि क्षेत्रमा फिल्मले राम्रो ब्यापार नगरेपनि समग्रमा फिल्म भने नाफामा गएको छ । फिल्मको निर्माण खर्च सेटेलाइट र डिजिटल अधिकार बेचेर उठाइएको बताइएको छ । फिल्मले सेटेलाइट र डिजिटल अधिकार बेचेर १३० करोड उठाएको बताइएको छ भने फिल्मलाइ आबुधाबीमा शुटिंग गर्दा ४० करोड बचाइएको बताइएको छ ।

यसरी हेर्दा फिल्म घाटामा नगएपनि आम दर्शक र फिल्म समिक्षकको मन जित्न भने फिल्म असफल भएको छ । 

बक्स अफिसमा फिल्मको खराब प्रदर्शन पछि सलमानले फिल्मका निर्देशक रिमो डिसुजाको अर्को फिल्म नगर्ने भएको मिडिया रिपोर्ट बाहिर आएको छ । लगातार दुइ ठुला फिल्मले बक्स अफिसमा राम्रो ब्यापार नगरेपछि सलमानले अब ब्रान्ड सलमानलाई बचाउन रिस्क नलिने निर्णय गरेको भन्दै डिसुजाको डान्समा आधारित फिल्ममा अब सलमान नदेखिने भएका छन् ।  

फिल्ममा सलमानसहित अनिल कपुर, बबी देओल, ज्याक्लिन फर्नानडिस, डेजी शाह जस्ता कलाकार अभिनय गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै