मुक्तिनाथ विकास बैंक र सुमेरु सिटि अस्पताल, पुल्चोकबीच सहकार्य

खरीबोट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र सुमेरु सिटि अस्पताल, पुल्चोकबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

बैंककातर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र अस्पतालको तर्फबाट लेखा प्रमुख बादल सिल्पाकारले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले सुमेरु सिटि अस्पताल पुल्चोकमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट तथा औषधी खरिदमा ८ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२  वटा शाखा, १३ वटा एटिएम र तीन लाख पचत्तर हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा एटिएमकार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकको अनलाईन सेवा : अब घरबाटै खाता खोल्न सकिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ ।  बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने

मुक्तिनाथ विकास बैंकको १३औं वार्षिकउत्सवमा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको अवसरमा गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिनेक्रममा सिराहाको लाहान शाखाले लाहान बजार तथा टोलमा

मुक्तिनाथ विकास बैंकको १३औं वार्षिकउत्सव विभिन्न सामाजिक कार्यक्रम गरी मनाइदै 

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो  तेह्रौं वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।  जसमध्ये, आज सिराहाको गोलबजार र कास्कीको बुढीबजारशाखाले शाखा वरिपरीका टोल

मुक्तिनाथ विकास बैंकद्वारा वार्षिकउत्सवको अवसरमा स्टेसनरी र डस्टबिन हस्तान्तरण 

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिकउत्सवको अवसरमा आज न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक बिद्यालयको १५० बिद्यार्थीहरुलाई आवस्यक स्टेस्नरी सामान, बद्रिबास शाखाले बद्रिबास


z