• २०८१ बैशाख ७ शुक्रबार

मुक्तिनाथ विकास बैंक र सुमेरु सिटि अस्पताल, पुल्चोकबीच सहकार्य

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र सुमेरु सिटि अस्पताल, पुल्चोकबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

बैंककातर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र अस्पतालको तर्फबाट लेखा प्रमुख बादल सिल्पाकारले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले सुमेरु सिटि अस्पताल पुल्चोकमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट तथा औषधी खरिदमा ८ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२  वटा शाखा, १३ वटा एटिएम र तीन लाख पचत्तर हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा एटिएमकार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै