• २०८१ बैशाख ८ शनिबार

नेप्से १२ सय १० अंकमा झर्यो

kharibot

काठमाडौं । नेप्से आज पनि घटेको छ । अघिल्लो दिन एक दसमलव ३५ अंकले बढेको नेप्से साताको दोस्रो कारोवार दिन आज सोमबार नौ दसमलव ७२ अंकले घटेर १२ सय १० दसमलव नौ बिन्दुमा तल झर्दा सेन्सिटिभ पनि दुई दसमलव सात अंकले घटेर दुई सय ५३ दसमलव ९७ अंकमा झरेको छ।  

आज कुल एक सय ५८ वटा कम्पनीहरुको तीन हजार दुई सय १९ वटा कारोवारमा पाँच लाख ७४ हजार सात सय ८१ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १८ करोड ५१ लाख ७० हजार ५२ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटेकाछन भने होटल र उत्पादनमुलक समुहको सुचकमा क्रमश दुई दसमलव २६ र एक दसमलव ८६ अंकले सुधार आएको छ । बाँणिज्य बैक समुहको सुचक आठ दसमलव ११ अंकले घटेर एक हजार २३ दसमलव एक बिन्दुमा चढ्दा आठ करोड ४२ लाख ९४ हजार छ सय रुपैयाँको खरिद बिक्री भएको छ । बिकास बैंक समुहको सुचकपनि १० दसमलव २९ अंकले घटेर १४ सय १० दसमलव छ बिन्दुमा चढ्दा एक करोड तीन लाख १३ हजार तीन सय रुपैयाँ सेष्र खरिद बिक्री भएको छ । 

बीमा समुहको सुचकपनि आज ७९ दसमलव ७६ अंकले घटेर छ हजार एक सय १८ दसमलव ९० बिन्दुमा झरेकोमा तीन करोड २४ लाख ४० हजार ८० सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युत, लघुबित्त र अन्य समुहको सुचक पनि आज गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ४५ पैसाले बढेर एक सय १६ रुपैयाँमा कारोवार भएको छ भने  बढी गुमाउने कम्पनीको सुचीमा परेको जेविल्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ४० पैसाले घटेर एक सय रुपैयाँमा कारोवार भएको छ । रकम कारोवारका अग्रस्थानमा परेको समता माईक्रो फाईनान्सको भने प्रतिकित्ता दुई हजार ५२ रुपैयाँमा ८८ लाख ९६ हजार चार सय २८ रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै