टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

खरीबोट
ad

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन् । 

थप पाँच बर्षका लागि उनी फेरी शक्तिमा आएको भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ । उनी दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी हुनुभएको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् । 

गत सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको छ । राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानाशाही हुन थालेको विपक्षीको आरोप छ । 

न्याय तथा विकास पार्टी (एकेपी)को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दीलीबाट सम्वोधन गर्दै ६४ बर्षिय एड्रोगानले समर्थक र शभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ,” उनले भने । 

सर्वोच्च निर्वाचन वोर्डले एड्रोगानको पक्षमा ५२.५ प्रतिशत मत परेको जानकारी दिएको छ । जवकी उन्का निकटम प्रतिद्वन्द्वीले भने ३०.७ प्रतिशत मत ल्याएको जनाइएको छ । 

विपक्षीद्वारा हार स्वीकार 

उनी विजयी भएको नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन् । प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भनेका छन्, “एड्रोगानलाई बधाई छ, तपाई हामी सवैको राष्ट्रपति बन्नुहोला ।” 

रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरेका छन् । 

 

सम्बन्धित समाचार

पुटिनले टर्कीका समकक्षी एर्डोगानलाई भेट्ने तयारी 

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रिसेप तैयप एर्डोगानलाई भेट्ने तयारी गरेका छन् । इरानको तेहरानमा हुने एउटा शिखर सम्मेलनका क्रममा उनले “भेट्ने तयारी सुरु भएको” रूसी राष्ट्रपतिको कार्यालयले

टर्कीस्थित अमेरिकी दूतावासमा गोली प्रहार

अङ्कारा। टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् ।  टर्कीका एक जना

अमेरिकी धर्मगुरूको रिहाइका लागि टर्कीको शर्त अमान्य

वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले टर्कीमा बन्दी बनाइएका अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेको सञ्चारमाध्यमहरूले सोमबार बताएका छन् ।  अमेरिकी प्रतिवन्धका बावजुद पनि टर्कीको

टर्की अमेरिकासँग अनावश्यकरुपमा तर्सिने छैन : राष्ट्रपति एदोगान

अङ्कारा, टर्की। अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन् ।  अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप