• २०८१ बैशाख ७ शुक्रबार

टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

kharibot

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन् । 

थप पाँच बर्षका लागि उनी फेरी शक्तिमा आएको भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ । उनी दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी हुनुभएको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् । 

गत सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको छ । राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानाशाही हुन थालेको विपक्षीको आरोप छ । 

न्याय तथा विकास पार्टी (एकेपी)को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दीलीबाट सम्वोधन गर्दै ६४ बर्षिय एड्रोगानले समर्थक र शभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ,” उनले भने । 

सर्वोच्च निर्वाचन वोर्डले एड्रोगानको पक्षमा ५२.५ प्रतिशत मत परेको जानकारी दिएको छ । जवकी उन्का निकटम प्रतिद्वन्द्वीले भने ३०.७ प्रतिशत मत ल्याएको जनाइएको छ । 

विपक्षीद्वारा हार स्वीकार 

उनी विजयी भएको नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन् । प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भनेका छन्, “एड्रोगानलाई बधाई छ, तपाई हामी सवैको राष्ट्रपति बन्नुहोला ।” 

रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरेका छन् । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै