टेलिफोन वार्ताको आवाज टेलिकममा रेकर्ड हुदैन : टेलिकम

खरीबोट

काठमाडौँ । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । 

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने बताएका छन् । 

“प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन”,  उनले भने । 

ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ । 

प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ । 

विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था (इन्टेलिजेन्स) ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन् । 

प्रविधिको विकाससँगै उत्पादन भएका आधुनिक मोबाइलका सेटमा भने आवाज नै रेकर्ड गरेर राख्ने एप्स जडान गरिएको छ । यसरी जडान गरिएको एप्सका आधारमा मानिसले विभिन्न विषयको कुराकानीको आवाज राख्ने गरेका छन् । यसरी राखिएको आवाजलाई टेलिकमको प्रविधिले गरेको भनी नबुझ्न पनि उनले सबैमा अनुरोध गरे । 

संविधानको मौलिक हकमा व्यवस्था भएको गोपनीयताको हकबमोजिम टेलिकमका ल्याण्डलाइन टेलिफोन र मोबाइलमा कुराकानी गर्न सुरक्षित रहेको सहप्रवक्ता अधिकारीले बताए ।

पछिल्लो समय सुन प्रकरण देखि अन्य विवादित विषयमा टेलिफोन कुराकानी एक पछि अर्को गर्दै सार्वजनिक हुन् थालेपछि टेलिकममा कुराकानी सुरक्षित नरहेको भन्ने भ्रम परिरहेका बेला टेलिकमले यस बारे प्रष्ट पारेको हो ।
 

सम्बन्धित समाचार

सिजी टेलिकमको अन्तरिम आदेश त्रुटिपूर्ण भन्दै सर्वोच्चद्वारा खारेज

काठमाण्डौ । सर्वोच्च अदालतले सिजी टेलिकमको विषयमा यसअघि भएको अन्तरिम आदेशलाई त्रुटिपूर्ण भएको भन्दै खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलाशले यसअघि पुस १०

सीजी टेलिकमको सुनुवाइ बिहीबार हुने 

काठमाडौँ । सर्वोच्च अदालतमा निजी क्षेत्रको लगानीमा सीजी टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजी गर्ने वा नगर्ने विषयमा भइरहेको सुनुवाइ बिहीबारका लागि तोकिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश

टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४-७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक

नेपाल टेलिकमको विन्टर २२ विन्टर अफरहरु : कुन अफर कस्ता ? 

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने


z