• २०८१ बैशाख ८ शनिबार

साख जोगाउने दबाबमा लियोनेल मेसी, समुह ‘डी‘ को यस्तो छ विश्लेषण

kharibot

काठमाडौँ । विश्वकप अन्तर्गत समुह ‘डी’ का समुह चरणका अन्तिम खेल आज हुदैछन् ।

ग्रुप अफ डेथ भनिएको समुह ‘डी’ बाट क्रोसिया दोस्रो चरणमा प्रवेश गरिसकेको छ भने अब नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिना मध्ये एक टिम दोस्रो चरणमा जाने छन् । समुह चरणको अन्तिम खेल अब आइसल्याण्ड र क्रोसियासँग तथा अर्जेन्टिना र नाइजेरियाबीच खेल हुदै छ । समुह डी का दुवै खेल नेपाली समय अनुसार ११:४५ बजे एउटै समयमा हुदै छ ।

विश्वकपको प्रमुख दाबेदार मानिएको अर्जेन्टिनाको विश्वकप यात्रा अगाडी बढ्ने या नबढ्ने आजको खेलले निर्धारण गर्ने छ । अफ्रिकी देश नाइजेरिया आफैमा लयमा देखिएको छ भने अर्जेन्टिनाको टिममा सब कुरा राम्रो भैरहेको देखिदैन । सुपरस्टार खेलाडी लियोनेल मेसी आफ्नो लयमा देखिएका छैनन् भने उनले आफ्ना अन्य सहकर्मी खेलाडीको राम्रो साथ् पाएको जस्तो पनि देखिदैन । आइतबार मात्र आफ्नो ३१औ जन्मदिन मनाएका मेसी क्यारियरको यो समयमा आफ्नो साख नै दाउमा परेको महसुस उनका विश्वभरका शुभचिन्तकहरुले गरेका छन् । 

आजको खेलमा अर्जेन्टिनाले आफुले खेल जितेर मात्र भन्दा पनि आइसल्याण्ड क्रोसियासँग अनिवार्य पराजित हुनुपर्ने देखिन्छ । त्यसो भएमा मात्र अर्जेन्टिनाको विश्वकप यात्रा अगाडी बढ्ने छ । त्यस्तै नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरेमा भने आइसल्याण्डको सम्भावना खेल जिते पनि सकिने छ र नाइजेरिया दोस्रो चरणमा जाने छ ।    

यस समुहको दोस्रो चरणमा पुग्ने दोस्रो टिमको सम्भावना यस्तो छ :

क्रोसिया :

क्रिसियाले आफ्नै दूवै खेलमा जित हासिल गरेर ६ अंक सहित दोस्रो चरणमा ठाउ बनाइसकेको छ । अब अन्तिम खेलमा क्रोसिया आइसल्याण्डसँग खेल्ने छ । क्रोसियाले आइसल्याण्डको डिफेन्सलाई तोडेर जित निकाल्न सके नाइजेरिया र अर्जेन्टिनाका लागि सहज हुने देखिन्छ । 

आइसल्याण्ड :

एक अंकसहित तेश्रो स्थानमा रहेको आइसल्याण्डलाई अघिल्लो चरण पुग्नका लागि क्रोएसियासँगको खेल जित्नै पर्ने देखिन्छ । तर अब क्रोएसियासँगको जित मात्र पनि आइसल्याण्डलाई अघिल्लो चरण पुग्न काफी हुदैन आइसल्याण्ड अर्जेन्टिना र नाइजेरियाबीचको खेलको नतिजामा पनि भर पर्नु पर्ने देखिन्छ ।

क्रोएसियासँगको खेल २ गोलभन्दा बढीको अन्तरले जितेको स्थितिमा अर्जेन्टिना र नाइजेरियाले बराबरी खेलेमा, वा अर्जेन्टिना ३ गोलभन्दा कम अन्तरमा विजयी भएमा आइसल्याण्ड अघिल्लो चरणमा पुग्ने छ । 

नाइजेरिया :

यो समूहमा रहेको ३ टिममध्ये नाइजेरिया मात्र एक टिम हो जो अर्जेन्टिनाविरुद्धको खेल जितेमा सिधै अघिल्लो चरणमा पुग्ने छ । उसले अघिल्लो चरण पुग्नका लागि अरु खेलका नतिजा कुर्नु पर्दैन ।

त्यस्तै नाइजेरियाले अर्जेन्टिनालाई बराबरीमा रोकेरमा पनि अघिल्लो चरण पुग्ने सम्भावना पनि कायमै रहने छ । अर्जेन्टिनासँग बराबरी गरेको खण्डमा नाइजेरिया क्रोएसिया र आइसल्याण्डसँगको खेलको नतिजामा पनि भर पर्नुपर्छ ।

नाइजेरिया अर्जेन्टिनासँग बराबरीमा रोकिएको खण्डमा र क्रोएसियाले आइसल्याण्डलाई हराएमा नाइजेरिया अघिल्लो चरणमा पुग्ने छ । साथै क्रोएसियामाथि आइसल्याण्डको १ गोल अन्तरको जितले पनि नाइजेरियालाई अर्जेन्टिनासँग बराबरी गरे अघल्लिो चरणमा पुग्नबाट रोक्न सक्दैन । यस्तो अवस्थामा नाइजेरिया गोलअन्तरका आधारमा आइसल्याण्डलाई पन्छ्याउँदै अघिल्लो चरणमा पुग्नेछ ।

अर्जेन्टिना :

२ खेलमा एक अंक रहेको अर्जेन्टिना अहिले समुहको पुछारमा रहेको छ । अब अर्जेन्टिनालाई पनि अघिल्लो चरणमा पुग्नका लागि नाइजेरियासँगको खेलमा ३ गोलभन्दा बढीको अन्तरको जित बाहेक अर्को विकल्प देखिदैन । अर्जेन्टिनाले नाइजेरियालाई ३ गोल भन्दा बढीले हराएमा पनि अघिल्लो चरणमा पुग्न क्रोएसिया र आइसल्याण्डको खेलको नतिजामा भर पर्नुपर्छ ।

क्रोएसिया र आइसल्याण्डबीचको खेल बराबरी भएमा वा क्रोएसियाले जितेको स्थितिमा अघिल्लो चरणमा पुग्न अर्जेन्टिनालाई नाइजेरियामाथि सामान्य जित भए मात्रै पुग्छ ।
आइसल्याण्ड विजयी भएको स्थितिमा उसले क्रोएसियालाई जति अन्तरले हराउँछ, अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न नाइजेरियालाई त्यसमा १ गोल अन्तर थपेर हराउनु पर्छ । जस्तै आइसल्याण्डले क्रोएसियालाई २–० ले हराएमा अर्जेन्टिनाले नाइजेरियालाई ३–० ले हराउनु पर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै