पूर्वी नवलपरासीबाट लागूऔषधसहित चारजना पक्राउ

खरीबोट
ad

नवलपरासी / पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । 

प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई मध्यबिन्दु नगरपालिका–८ चोरमारा फूलबारी चोकबाट प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । 

पक्राउ गर्नेमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ का २७ वर्षीय अजित चौधरी, रामग्राम नगरपालिका–१० का २१ वर्षीय नितेशसिंह चौधरी, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ निवासी २९ वर्षीय सुमित पौडेल र कावासोती–१३ निवासी ३२ वर्षीय बलराम महतो रहेका छन् । 

उनीहरुको साथबाट फेनार्गन २९६ एम्पुल, नुफिर्न २८० एम्पुल, डाइजेपाम ३०६ एम्पुल गरी ८८२ एम्पुल लागूऔषध बरामद गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

उनीहरुको साथबाट प्रहरीले छ थान मोबाइल,  ११ हजार ५०० नगद, उनीहरुले प्रयोग गरेको लु १५ प २५९६ नम्बरको मोटरसाइकल र ना ४१ प १७१० नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित समाचार

लागूऔषध दुव्र्यसनीमा फस्दै किशोरी

बाँके । छोराहरु मात्र लागूऔषध दुव्र्यसनीमा फस्छन् भन्दै कतै तपाइँले उनीहरुको आनीबानीका बारेमा चासो दिने तर छोरीहरुको आनीबानीका बारेमा शङ्का नै नगर्ने त गर्नुभएको छैन ? यदि त्यस्तो हो भने

नक्कली पेस्तोल, छुरी तथा लागूऔषध सहित पक्राउ

काठमाडौं। भक्तपुर दुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका-११ सुन्धारा डेरा गरी बस्ने २४ वर्षीय राजकुमार के.सी.लाई मेड इन युएस जिएमएम लेखेको नक्कली पेस्तोल, धारिलो हतियार छुरी १ थान, नियन्त्रित लागूऔषध

महोत्तरीमा लागूऔषध दुव्र्यसनी बढ्दै

बर्दिवास / महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएको छ ।  आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले यो जानकारी दिएको हो । गत आव २०७४÷०७५

बाँकेमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण

नेपालगञ्ज / बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।  यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरेपनि नतिजा सन्तोषजनक


z