झन बढ्दैछन् शरणार्थी

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । विश्वमा आन्तरिक राजीतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण आन्तरिकरुपमा विस्थापित र शरणार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दो मात्रामा देखिएको छ । 

यसरी शरणार्थी बनेकामध्ये धेरैजसो आन्तरिक राजनीतिक कारणले हिंसा सुरु भएका देशका नै बढी भएको देखिन्छन् । लामो समयदेखि देशमा राजनीतिक अस्थिरता बढ्नाले उत्पन्न विवाद र विद्रोहले ती देशबाट नागरिक लखेटिएर, आन्तरिकरुपमा विस्थापित भई शरणार्थी बन्नुपरेको देखिन्छ । 

संयुक्त राष्ट्रसंघले हालै मात्र सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा विश्वमा सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको जनाइएको छ । गत एक दशकयता विस्थापित भएका व्यक्तिकोे करिब ५० प्रतिशतले वृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्र संघका अनुसार एक दशकमात्र यो सङ्ख्या चार करोड २७ लाख रहेको थियो । वर्षेनी विस्थापितको संख्या बढिरहेका देखिन्छ । आन्तरिकरुपमा विस्थापित भएरै देशभित्रै पनि शरणार्थीका रुपमा बाँँच्नु परेको र देश छोडेर शरणार्थीका रुपमा बाहिरिनुपरेको व्यक्ति समेत पर्दछन् । यसरी विस्थापित हुनेमा धेरैजसो सिरिया, अफगानिस्तान, म्यानमार र दक्षिण सुडानका नागरिक नै बढी रहेका छन् । 

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँको तत्कालिन राष्ट्रपति बसर अल असद्को राजिनामाको मागगर्दैै जनआन्दोलन सुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्ट्टेट (आइएस) समूहका आतङ्ककारीको घुसपैठ सुरुभयो । यसले नै शरणार्थीको सङ्ख्या बढ्दै गएको छ । यसैकारण सिरियाको द्वन्द्वमा परी चार लाखभन्दा बढीको ज्यानसमेत गएको छ । तर सिरियामा परिवेक्षण गरिरहेका मानवअधिकारवादी संस्थाले भने द्वन्द्वमा परी मारिनेको सङ्ख्या यो भन्दा घेरै बढी भएको दाबी र शरणार्थीको सङ्ख्या अत्यन्त भयावह देखिन्छ । 

एक तथ्याङ्क भन्छ सिरियाका ६३ लाख नागरिक देशबाहिर नै विस्थापिन हुनपुगेका छन् । यसरी देश छोडेर हिँडेका ती नागरिक विभिन्न छिमेकी देशमा शरणार्थीको जिवन विताउन बाध्य भएका छन् । यो सङ्ख्या विश्वकै विस्थापित नागरिकको करिब एक तिहाइँ हुन आउँछ । छिमेकी देश टर्की र जोर्डनमा सिरियाली प्रायःशरणार्थीले शरण पाएका छन् । अरु लगभग त्यति नै सिरियाली देशभित्र विस्थापित भएका छन् । यो अर्काे खतरनाक अवस्था हो । उनीहरु खान लाउन अथवा आधारभूत आवश्यकता पनि प्राप्त नगरिरहेको अवस्थामा जिउन बाध्य छन् । 

हालै मनाइएको विश्व शरणार्थी दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले विश्वभर हिंसाको कारण हरेक दिन हजारौँ परिवार शरणार्थी बन्न बाध्य भएका भन्दै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको थियो । यी शरणार्थीलाई सहयोग गर्नु विश्वका सबै देश र समुदायको दायित्व भएको उहाँले बताउनुभएको थियो । द्वन्द्वगस्त राष्ट्रमा विविध खाले हिंसाका कारण हरेक दिन हजारौैँ नागरिकले कुनै न कुनै देशबाट भाग्नुपरेकाले उनीहरुको बचाउ र सहयोग गर्नु मानवीय कर्तव्य भएको उहाँको भनाई थियो । 

दोस्रो सबैभन्दा धेरै शरणार्थी बनाइरहेको देश हो अफगानिस्तान । सन् २००१ बाट ‘अफगान युद्ध’को घोषणा गर्दै अफगान सरकारसँग युद्ध गर्दै आएका तालिबान र हाल आएर आइएस आतङ्ककारीको ठूलो बिगबिगी रहेको देश अफगानिस्तानबाट पनि ठूलो संख्यामा सर्वसधारण विस्थापित भएका छन् । यस देशमा सन् २०१७ मा मात्र कम्तीमा पनि २६ लाख नागरिक आन्तरिक तथा वाह्यरुपमा विस्थापित भएका थिए । 

उता म्यानमारको हालत त्यस्तै छ । म्यानमारमा गतवर्ष मात्र १२ लाख शरणार्थी बनेका छन् । विशेषगरी रोहिङ्ग्या मुसलमान समुदायका नागरिक यसरी शरणार्थी बन्नेमा परेका छन् । हाल बंगलादेशमामात्र म्यानमारका करिब सात लाख शरणार्थी पुगेका छन् । ती शरणार्थी गएको अगष्ट महिनाबाट बढ्दै गएका हुन् । उनीको सङ्ख्या आजका दिनसम्म यतिधेरै पुगेको छ एकै देशको एउटै स्थानमा । तर उनीलाई फिर्ता गर्ने सम्बन्धमा म्यानमारको कुनै भरपर्दाे चासो केही देखिँदैन, सुनिँदैन । 

म्यानमारका शरणार्थी त्यहाँको सेनाका कारण बढेका छन् । देशभित्रै आफ्नै देशको सेनाले ती अल्पसङ्ख्यक मुस्लिम आदिवासीमाथि धरपकड गरेको आरोप उनीहरुको छ । उनीहरुमात्र नभएर सेनाले धरपकड गर्ने गरेको कुरा राष्ट्रसंघीय कैयौँ खोज अनुसन्धानले पनि देखाएका छन् । सेनाले धरपकड गर्ने गरेका कैयौँ उदाहरण यी खोजीका क्रममा भेटिएका पनि छन् । 

विश्वको कान्छो राष्ट्रका रुपमा उदाएको दक्षिण सुडान विश्वमा आफ्ना देशका नागरिकलाई शरणार्थी बनाउने देशका रुपमा गनिएको छ । यस देशमा गतवर्षको अन्त्यसम्ममा २४ लाख नागरिक शरणार्थी भएका थिए । उनीहरु उक्त वर्ष विशेषगरी हिंसात्मक विद्रोहका कारण यसरी देश छोड्न बाध्य भएका थिए । 

दक्षिण सुडान पछिल्लो समयमा हिंसाको खतरनाक चपेटमा परेको देश हो । यहाँको हिंसा अत्यन्तै क्रुर छ र नयाँ देश भएपनि हिंसाको फैलावट अति दू्रत गतिमा छ । यसलाई संयुक्त राष्ट्रसंघ र अरु सम्बन्धित निकाय वा व्यक्तिले हिंसाको विकराल रुप भनेर अध्ययन गरेका छन् । अहिलेकै अवस्थामा दक्षिण सुडानको हिंसा अघि बढ्ने हो भने यसले आगामी केही वर्षमै विश्वका अरु देशको हिंसाको तुलनामा ठूलो रुप लिने शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकायले भनेको छ । 

राष्ट्रसंघीय शरणार्थी निकायका एकजना अधिकारीले भनेका छन्, दक्षिण सुडानको हालत एकदमै खतरा छ, यसले आगामी दिनमा विश्वलाई नै स्तब्ध बनाउने छ किनकी यहाँको हिंसाको रुप क्रुर र खतरनाक छ । उनले हालैमात्र यस देशमा त्यहाँको सरकार र विद्रोहीपक्षबीच युद्धविराम भएको र यसपछि वार्ता गर्ने भनिएकोले समयमै शान्तिवार्ताको माध्यमबाट यो समस्याको समाधान गर्न आग्रह पनि उनले गरे । 

त्यस्तै इराक, सोमालिया, सुडान, कंगो, यमन, युगाण्डा, लेबनानजस्ता देशहरुबाट पनि लाखौँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् । ती देशबाट पनि आन्तरिक राजनीतिक कारण र हिंसात्मक विद्रोहकै कारण यसरी नागरिक विस्थापित बन्नु परिरहेको उक्त राष्ट्रसंघीय प्रतिवेदनमा छ । यसरी विस्थापितहरुमध्ये अधिकांश गरिब देशहरुबाट बढी देखिएका छन् । यसरी विस्थापितमध्येका ८५ शरणार्थी गरिब देशका भएको बताइन्छ । 

शरणार्थीहरुको यो सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बढी हो भनिएको छ । विश्वका विकासशिल राष्ट्रबाट औषतमा हरेक दुई मिनेटमा एक व्यक्ति विस्थापित हुने गरेको छ । युद्ध, हिंसा र अत्याचारबाट भागेर शरणमा आएका शरणार्थीको रक्षाको लागि विश्वको कुनै पनि व्यक्ति समुदाय र राष्ट्रको कर्तब्य हो भन्ने भावनाका साथ काम गर्न राष्ट्रसंघ एवम् विश्वका दाताराष्ट्रको मान्यता रहेको भए पनि व्यवहारमा भने यसो हुन सकिरहेको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिविर बन्न नदिने धारणा राख्दै आउनुभएको छ । उता युरोपेली देशहरु पनि शरणार्थीकै मामिलामा विभाजित छन् । यता शरणार्थीको सङ्ख्या प्रतिदिन बढ्दै गर्दा यसले वर्तमान मै दुःख पाइरहेका शरणार्थीको भविश्य पनि त्यति सुरक्षित र सुनिश्चित देखिन्न । 

सम्बन्धित समाचार

जोर्डनबाट छ हजार भन्दा बढी सिरियाली शरणार्थी फिर्ता

सिरिया । सन् २०१८ को अक्टोबरबाट हालसम्म जोर्डनबाट ६ हजार ४०४ जना सिरियाली शरणार्थी फर्किएका राज्यद्धारा सञ्चालित समाचार समिति सानाले सोमबार जानकारी दिएको छ । सन् २०१९ को जनवरी शुरु भएयता

भुटानी शरणार्थी शिविरमा आगलागी, एक लाख ५० हजारको सामान नष्ट

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं

भूटानी शरणार्थीको घर फिर्तीका लागि पहल गर्ने

उर्लाबारी। सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ ।  मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख

गैरकानुनी आप्रवासीहरूले अमेरिकामा अब शरणार्थी बन्न नपाउने

वासिङ्टन, संयुक्त राज्य अमेरिका। एएफपी अमेरिकाले आफ्नो दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानुनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुने जनाएको छ ।  अमेरिकामा ट्रम्प प्रशासनले होमल्याण्ड सेक्युरिटि डिपार्टमेन्टले घोषणा गरेको


z