साझा प्रतिवेदन तयार गरी इपिजीको नवौँ बैठक सम्पन्न

खरीबोट

काठमाडौँ । नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक सम्पन्न भएको छ । 

दुई दिनसम्म सञ्चालन भएको बैठकले साझा प्रतिवेदन तयार गरेको छ । सो साझा प्रतिवेदन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने समूहका सदस्य डा राजन भट्टराईले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै नयाँदिल्लीमा इपिजीको आठाँै बैठक बसेको थियो । बैठकमा मुख्यगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा छलफल भएको थियो । 

यही असार २० गते इपिजीको समयसीमा सकिँदैछ । सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको समूहको कार्यकाल दुई वर्ष तोकिएको थियो । प्रबुद्ध व्यक्ति समूहको अहिलेसम्म पाँचवटा बैठक नेपालमा र चारवटा बैठक भारतमा सम्पन्न भएका छन् । 

बैठकमा नेपाली समूहका संयोजक डा भेषबहादुर थापा, डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय हुनुहुन्छ भने भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सहभागी थिए  ।  

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धिसम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार समूह गठन भएको हो । 

सम्बन्धित समाचार

इपिजी प्रतिवेदन पेशमात्र होइन कार्यान्वयन पनि हुन्छ- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ। नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्ष चाँडै पेश हुने र त्यो कार्यान्वयन पनि भएरै छाड्ने

साझा प्रतिवेदन तयार गरी इपिजीको नवौँ बैठक सम्पन्न

काठमाडौँ । नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक सम्पन्न भएको छ ।  दुई दिनसम्म सञ्चालन भएको बैठकले साझा प्रतिवेदन

नेपाल र भारत प्रबुद्ध व्यक्ति समूहको बैठक आजदेखि काठमाडौँमा सुरु

काठमाडौँ  । नेपाल र भारतबीचका सन्धिसम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आजदेखि यहाँ शुरु भएको छ ।  दुई दिनसम्म चल्ने बैठकले सम्भवतः हालसम्म

‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’

काठमाडौँ ।  नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)कोे प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताइएको छ ।  समूहको सातौँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा उक्त


z