बाघ संरक्षणमा सर्वपक्षीय चिन्ता

खरीबोट

फाइल तस्विर । 

बर्दिया / निकुञ्जमा बाघ संरक्षणसम्बन्धी सर्वपक्षीय चिन्ता बढेको छ । 

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो । 

निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ वटा देशमा छ प्रजाति पाइएकामा तीन वटा प्रजातिका बाघ लोप भइसकेको बताए । 

आहाराको अभाबले बाघको संरक्षणमा कठिनाइ भएकाले पाँच वर्षे बाघ संरक्षण योजना बनेको र सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य निकुञ्जको रहेको उनले जानकारी दिए । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका श्यामकुमार थापाले बाघ संरक्षणका लागि सबै संस्था जुटेको र यसको संरक्षण गर्दा अन्य बन्य जन्तुको पनि संरक्षण हुने भएकाले सुखा स्थानमा वृक्षरोपणका साथै ८३ वटा पोखरी निर्माण गरी पानीको व्यवस्थापन गरिएको बताए । 

निकुञ्जले निकुञ्ज आसपासका जनताका समस्या समाधान नगर्दा जनता मारका परेकाले अन्नबाली क्षतिको पूर्ति दिनुपर्ने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र घिताललगायतले माग गरे । 

सम्बन्धित समाचार

बाघको छालामा स्यालको रजाइ

दुधौली  /  दुधौली नगरपालिकालाई आर्थिक क्षेत्रमा अब्बल बनाउनका लागि भन्दै सीप बिकास सम्बन्धि ज्ञान नभएका र संबंधित व्यबसायको संभावना कति छ भन्ने जानकारि नलिइकन तालिम गराउदै अगाडि बढी रहेको अबस्थामा

दुर्लभ पाटे बाघ मृत फेला

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको राप्ती किनारस्थित जर्नेलीघाटमा पानीमा डुबेको अवस्थामा मृत दुर्लभ पाटे बाघ फेला परेको छ ।  शुक्रबार करीब १३ वर्षको वयस्क भाले बाघ मृत फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत

पाटे बाघ गाँउ पसेपछि एकको मृत्यु र एक घाईते, गाउँले अझै त्रासमा

बर्दिया, जमुनी ।  जमुनी गाउँ माघ २१ गते सोमबार बेलुका पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भयो भने एक जना सख्त घाईते भएका छन ।  जमुनी गाउँमा पसेको बाघको आक्रमणबाट बढैयाताल

बाँकेमा बाघको आक्रमणबाट एकको मृत्यु

बाँके । बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते


z