वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा

खरीबोट

पर्सा /  दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् । 

महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् । वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताए । 

उनले महानगरपालिकाले वर्षायाम हुनु अगाबै नालीको सफाइ नगरेकाले पानी घर÷घरमा पसेर समस्या भोग्नुपरेको गुनासो गरे । 
सडकको पानी जम्मा भएकाले विद्यार्थीलगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । नगरक्षेत्रकोे डुबान केही बेरका लागि मात्र भएकाले नगरवासी आत्तिनु नपर्ने महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिए । उनले डुबान क्षेत्रमा देखिएको समस्या समाधान गर्न बिहानैदेखि एक्साभेटरसहित कर्मचारी परिचालन गरिएकाले समस्या समाधान हुने बताए । 

एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत नौ आउटलेट ९निकासी हुने ठूला नाला० मध्ये ६ वटाको निर्माण भइसकेकाले जम्मा भएको पानी वर्षा बन्द भएको केही वेरमै बगेर जाने अधिकृत श्रेष्ठको भनाइ थियो । 

पानीको अभाबमा धानको रोपाइँ मात्र २ प्रतिशत भएको यस जिल्लामा दुई दिनदेखि परेको आकासे पानीले रोपाइँ हुने वातावरण बन्दै गएपछि यहाँका किसान हर्षित भएका छन् । 
 

सम्बन्धित समाचार

सिटिजन्स बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगञ्जमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यही पुुस १५ गत प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी,

प्रधानाध्यापक सरुवाको विरोधमा वीरगञ्जको घण्टाघर तनावग्रस्त

पर्सा । आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण शुरु

गोरखा । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास

डुबानको समस्या समाधान गर्न संघीय सरकारसँग आग्रह गरिने

पर्सा। प्रदेशन नं २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सकारले सङ्घीय सरकारलाई आग्रह गर्ने बताए ।  पर्साको जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका


z