• २०८१ बैशाख ५ बुधबार

अमेरिकाको भर्जिनियामा नेपालीको हत्या 

kharibot

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यको हेरन्डनस्थित ग्यास स्टेसनमा काम गर्दै आएका रेशम बजगाईंको बुधबार बिहान सवा एक बजे हत्या भएको छ ।

गोरखा स्थायी घर भई नौ महिनाअघि अमेरिका आएका ४० वर्षीय बजगाईंलाई अज्ञात समूहले उनीमाथि कुटपिट गरेर हत्या गरेको बताइएको छ । उनको टाउकोमा गहिरो चोट देखिएकाले धारिलो हतियार प्रहार भएको आशंका गरिएको छ ।

ग्राहकले प्रहरीलाई खबर गरेपछि पार्किङ क्षेत्रबाट शंकास्पद व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

हप्ताको एक दिन मात्र उक्त ग्यास स्टेसनमा काम गर्ने बजगाई नौ महिनाअघि अमेरिका आएका र उनका श्रीमती र पाँच वर्षीया छोरी रहेका छन् ।

गैर–आवासीय नेपाली संघ, भर्जिनियाले मृतकको परिवारको सहयोगका लागि ‘गोफन्डमी डटकममार्फत्’ सहयोग संकलन सुरु गरिसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै