• २०८१ बैशाख ६ बिहीबार

क्रिस्टियानो रोनाल्डोको युभेन्टस जाने इटाली र स्पेनिस मिडियाको दाबि 

kharibot

काठमाडौँ । पोर्चुगल विश्वकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्टस जाने चर्चा चलेको छ ।

स्पेनिस र इटालियन मिडियाले रोनाल्डोले यस सिजनमा युभेन्ट्स जान सक्ने यसका लागि दुवै क्लबबाट नेगोसियसन भैरहेको रिपोर्ट प्रकाशित गरेका छन् ।

स्पेनिस मिडिया मार्काले रोनाल्डोको लागि युभेन्टसले ८८ मिलियन पाउण्डको र्पस्ताव राखेको र रियलले सो प्रस्तावमा विचार गरिरहेको उल्लेख गरेको छ ।

उरुग्वेसँग विश्वकपको अन्तिम १६ को खेलमा पराजित भएपछि रोनाल्डोले रियल म्याड्रिड छोड्ने चर्चा फेरी सुरु भएको हो । रोनाल्डोले च्याम्पियन्स लिगको फाइनल खेल पछि आउद सिजनमा रियलमा नबस्ने संकेत गरेका थिए । रोनाल्डो र रियल म्याड्रिडबीच रोनाल्डोलाई दिइने पारिश्रमिकका विषयमा विवाद रहेको छ । रोनाल्डो बर्षको उत्कृष्ट खेलाडी भएमा रियलले उनलाई विश्वको सबै भन्दा धेरै पारिश्रमिक दिने सहमति अनुसार रियलले पारिश्रमिक नबढाएको भन्दै रोनाल्डोले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

रियलमा रोनाल्डोको सम्झौता २०२१ सम्म रहेको छ । यसअघि रोनाल्डोलाई फ्रेन्च क्लब पिएसजीले इच्छा देखाए पनि रियलले रोनाल्डोसँग नेइमार र किलियन एम्बाप्पेलाई किन्ने भनेपछि कुरा मिलेको थिएन ।

२००९ मा रेकर्ड ट्रान्सफर शुल्कमा म्यान्चेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएका रोनाल्डो अब इटालियन सिरी ए तिर जाने संकेत देखिएको छ ।

रोनाल्डोलाई युभेन्टसले चार बर्षका लागि प्रति साता ५ लाख पाउण्ड पारिश्रमिक दिने प्रस्ताव गरेओ मार्काले उल्लेख गरेको छ । रोनाल्डोले अहिले रियलमा ४ लाख ३० हजार पाउण्ड प्रतिसाता पारिश्रमिक पाउदै आएका छन् जबकी उनका प्रतिद्वन्दी लियोनेल मेसीले अहिले ५ लाख ९० हजार पाउण्ड प्रति साताको हाराहारीमा पारिश्रमिक पाइरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै