• २०८१ बैशाख ८ शनिबार

आधुनिक बन्दै जाउलाखेलको सदर चिडियाखाना

kharibot

फाइल तस्विर । 

ललितपुर / राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ । 

यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ । 

चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको डा चिरञ्जीवी खरेलले बताए । ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण वा मर्मत भइसकेको छ । राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको छ । राणाकालमा बनेका पुराना खोरमध्ये अहिले भालुको खोर एउटा मात्रै बाँकी छ । उनी भन्छन , “त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउनेलाई देखाउनका लागि राखेका हौँ ।” 

चिडियाखानामा सूचना प्रविधि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको प्रमुख खरेलले बताए । आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी योजना अघि बढेको हो । 

उनी  भन्छन् , “भित्र छिर्नासाथ आगन्तुकले कुन जनावर हेर्ने त्यसका बारेमा र चिडियाखानाका बारेमा विस्तृत जानकारी पाउन सक्छन् ।” नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्नेछन् । 

पहिले फोहरले ढाकिएको देखिँदै आएको गोही अब सफा हुने भएको उनी बताउछन् । स्वचालित उपकरणले पानीले गोही सफा गर्ने गरेर काम भइरहेको छ । यसले गर्दा एकातिर अक्सिजन बढ्ने र अर्कातिर आगन्तुकले सफा गोही हेर्न पाउने छन् । कोइराला भने, “यसले गर्दा आगन्तुकलाई थप आकर्षित गर्ने हाम्रो विश्वास छ ।” 

पहिले खोरसम्म आगन्तुकले हात पु¥याउँथे । पुराना खोर जनावरका लागि सहज थिएनन् । अहिले जनावरका लागि नयाँ बनेका नयाँ खोर फराकिला छन् । उनी भन्छन, “जनावरको आवश्यकताअनुसार चिडियाखानामा सुधारको काम भइरहेको हो ।” 

अहिले चिडियाखानामा खोर वरपर फुटपाथ निर्माणको टेण्डर प्रक्रिया भइसकेको छ । बाघ खोरदेखि टिकट काउण्टरसम्म ढुंगा छाप्न लागिएको हो । यस ठाउँमा पहिले इँटा छापिएको थियो । उनी  भन्छन् , “ढुंगाले यसलाई प्राकृतिकस्वरुप दिने हुनाले ढुंगा छाप्ने काम भइरहेको हो ।” 

जनावरका लागि खाना बन्ने मुख्य भान्सा फराकिलो बनाउने काम भइरहेको सहायक क्युरेट गणेश कोइराला बताउछन् । नयाँ भान्सा आधुनिक छ । ठूलो हुनाले खाना राख्न र पकाउन पुरानो भान्साजस्तो समस्या छैन । 

उनी भन्छन् , “पहिले हामीले साँघुरोमा गाह्रो गरेर पकाउने र भाग लगाउने गर्दै आएकामा अहिले त्यो अवस्था छैन ।” पहिलेको भान्सामा अध्ययनका लागि आउने विद्यार्थी अटाउन मुस्किल पर्दथ्यो । भुर्इँ सफा गर्न सजिलो रहेको उनी  बताउछन्  । मुख्य भान्साबाट खानालाई छुट्टयाएर बाँड्नका लागि सहायक भान्सा निर्माणको काम अघि बढिरहेको छ । 

यहाँ आउने आगन्तुकका लागि शौचालय बनिरहेको सहायक क्युरेट कोइराला बताउछन् । अपांगतामैत्री खालको शौचालय आगन्तुकको सहजतालाई ध्यानमा राखेर बनाइएको छ । चिडियाखानाभित्रै दुई ठाउँमा खानेपानीको व्यवस्था हुँदैछ । उनी  भन्छन् , “हामीले चिडियाखानाको विकाससँगै आगन्तुकलाई पनि सकेसम्म सजिलो वातावरण दिन लागेका छौँ ।” 

चिडियाखानाले भित्र छिर्नासाथ आगन्तुकले सम्पूर्ण जानकारी एक ठाउँमा पाउन सकून् भन्नका लागि ‘सूचना कक्ष’ निर्माणको योजना बनाइरहेको छ । चिडियाखाना र त्यससँग सम्बन्धित विभिन्न जानकारी आगन्तुकले कक्षमा कम्प्युटर थिचेर आफैँले पाउन सक्छन् । उनी भन्छन् , “यहाँ दैनिक दुई÷तीन हजार आगन्तुकलाई यो ज्ञानबद्र्धक हुन सक्नेछ ।” 

चराको खोर निर्माणका लागि टेण्डर आह्वान भएको छ । अहिलेभन्दा ठूलो र फराकिलो ठाउँ बनाउन लागिएको हो । प्रमुख खरेल भन्छन् , “टेण्डर भएपछि धमाधम काम अघि बढ्नेछ ।” पुरानो भान्सा भएका ठाउँमा आगामी वर्षदेखि नीलगाईको खोर बन्नेछ । स्याललाई एउटा कोठाबाट अर्काे कोठामा सहज होस् भन्नका लागि छिर्ने ठाउँ निर्माण भइरहेको छ । बाँदरको खोर निर्माणको काम भइरहेको छ । 

‘पुतलीको घर’ निर्माणको योजना बन्दैछ । पुतलीको घरमा आगन्तुक भित्र पस्न पाउँछन् । उनी  भन्छन् , “खुलारुपमा हिँडिरहेका पुतली आगन्तुकको जीउमा समेत हिँड्न सक्छन् ।” स्रोतका आधारमा योजना बढ्ने उनी  बताउछन् । 

विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । ३० वर्षका लागि संरक्षण गर्ने गरेर सम्झौता भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । एकसय २४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै