• २०८१ बैशाख ११ मंगलबार

१० करोड मूल्यको दूध तेस्रो मुलुकबाट आयात

kharibot

फाइल तस्बिर

विराटनगर (रासस) / प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ । 

प्रदेश नं १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अनुसार विराटनगर भन्सार कार्यालयले चालु आवको जेठ महिनासम्ममा उक्त परिमाणको धुलो दूध आयात गरिएको हो ।

चालु आवको जेठ महिनासम्ममा आयात गरिएको धुलो दूधबाट ३६ लाख ८६ हजार लिटर दूध उत्पादन हुनसक्छ । एककिलो ग्राम धुलो दूधबाट १२ लिटर दूध उत्पादन गर्न सकिन्छ । निजी डेरीले धुलो दूध प्रयोग गर्दा किसान समस्यामा परेका मन्त्रालयका उपसचिव डा अशोक सिंहले बताए । 

धुलो दूधबाट दूध बनाउँदा स्वास्थ्यमा असर नपर्ने र धुलो दूध तथा गाईभैँसीको दूध छुट्याउन नसकिने पूर्वाञ्चल खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइराला बताउनुहुन्छ । अहिले सिरहा, सप्तरीलगायत पूर्वाञ्चलका जिल्लामा निजी डेरीले बिक्री गर्ने गरेको दूधको जाँच र अनुगमन शुरु गरिएको छ । 

गुणस्तरहीन दूध उत्पादन गर्ने ६ वटा व्यावसायिक फर्ममाथि मुद्दा दायर गर्ने तयारी भइरहेको कोइरालाले बताउनुभयो । प्रदेशका किसानले उत्पादन गरेको दैनिक रु एक करोड मूल्य बराबरको दूध बिक्री हुन नसकेको डा सिंहले बताए । किसानले उत्पादन गरेको दुई लाख ८५ हजार लिटरभन्दा बढी दूधले बजार पाउन सकेको छैन । 

आर्थिक वर्ष २०७२÷७३ मा भन्दा आव २०७३÷७४ मा प्रदेशको दूध उत्पादन चार प्रतिशतले वृद्धि भएको उक्त मन्त्रालयको पशुपक्षी विकास महाशाखाले जनाएको छ । आव २०७३÷७४ मा ५४ करोड ९७ हजार लिटर दूध उत्पादन भएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै