• २०८१ बैशाख ८ शनिबार

संजुले रिलिजको सातौ दिनमा दुई सय करोड क्लबमा, तोड्यो कैयौ रेकर्ड 

kharibot

मुम्बई । बलिवुड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजुले रिलिजको सातौ दिनमा दुई सय करोडको आँकडा पार गरेको छ । 

फिल्म संजुले रिलिजको सातौ दिन विहिबार १६.१० करोड भारु कलेक्सन गरेपछि भारतीय बक्स अफिसमा २०२.५१ करोड ब्यापार गरेको छ ।   

फिल्मले सुरुका तीन दिनमा ११७ करोड भारुको व्यापार गरेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार ३४.७५ करोड व्यापार गरेको थियो भने दोस्रो दिन ३८.६० करोड व्यापार गरेको थियो भने तेस्रो दिन आइतबार ४६.७१ करोड ब्यापार गरेको थियो । त्यस्तै सोमबार २५.३५, मंगलबार २२.१०, बुधबार १८.९० करोडको व्यापार गरेको थियो । 

योसँगै फिल्मले भारतीय बक्सअफिसमा कैयौ रेकर्ड पनि बनाएको छ । फिल्मले रिलिजको सातौ दिन दुईसय करोडको व्यापार गर्ने बलिवुडको चौथो फिल्म बनेको छ ।  यसअघि रिलिजको सातौ दिनमा बाहुबली २ ले २४८ करोड, सुल्तानले २२९ करोड, टाइगर जिन्दा है’ ले २०६ करोड ब्यापार गरेका थिए ।

साथै फिल्मले नन होलिडे रिलिजमा दुई सय करोड पुरा गर्ने बलिवुडको यो दोस्रो फिल्म हो ।  यसघि बाहुबली २ पनि नन होलिडे रिलिज थियो ।

यो फिल्म अभिनेता रनबीर कपुरको पहिलो दुईसय करोड क्लबको फिल्म बनेको छ । यसअघि उनको फिल्म ए जवानी है दिवानीले भारतीय बक्सअफिसमा १८८ करोडको व्यापार गरेको थियो ।         

फिल्ममा संजय दत्तको भूमिकामा रणवीर कपुर छन् भने सजंय दत्तकि हालकी पत्नीको भूमिकामा दिया मिर्जा, उनका माता पिताको भूमीकामा परवेश रावल र मनिषा कोइरालाको भूमिका रहेको छ । 

त्यस्तै उनका अति मिल्ने साथी गुलशन ग्रोभरको भूमिकामा विक्की कौशलले अभिनय गरेका छन् । त्यस्तै फिल्ममा अनुष्का शर्मा, सोनम कपुरको पनि अभिनय रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै